प्रदेश ३ को स्थायी राजधानी हेटौंडा नै हुन्छ : कमल थापा



हाम्रो इकोनोमि

 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले प्रदेश ३ को स्थायी राजधानी हेटौंडा नै हुने दाबी गरेका छन् । उनले छिट्टै प्रदेश ३ को प्रदेश सभाले स्थायी राजधानी हेटौडा तोक्ने विश्वास पनि व्यक्त गरे ।

चितवनको भरतपुरमा स्थानीय सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले राजधानीका लागि आवश्यक सबै पूर्वाधार भएकाले हेटौंडालाई राजधानी बनाउनु जिकिर गरे ।

प्रदेश ३ को स्थायी राजधानीका लागि हेटौंडासँग सबै पूर्वाधार भएकाले संघीय मामिला तथा स्थानीय विकासमन्त्रीका रूपमा मैले हेटौंडा राेजेकाे थिएँ’, थापाले भने, ‘अब स्थायी राजधानी पनि यसैलाई बनाउनु पर्छ ।’ अध्यक्ष थापाले सुर्खेतमा गाई हत्या गरिएकोमा आपत्ति जनाउँदै दोषीमाथि कारबाही गर्न सरकारसँग पुनः माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...