मुख्यमन्त्रीकै अगाडि महाेत्तरीमा वडाध्यक्षद्वारा विद्यालयका प्रधानाध्यापकमाथि हातपात



हाम्रो इकोनोमि

 

 

इकल वितरण कार्यक्रमकाे अध्यक्ष काे हुने भन्ने विषयमा विवाद हुँदा वडाध्यक्षले विद्यालयका प्रधानाध्यापकमाथि हातपात गरेका छन ।

मुख्यमन्त्री लालबाबु राउतको प्रमुख आतिथ्यमा वलवामा रहेकाे श्री मावि, बनौटामा बिहीबार आयोजित साइकल वितरण कार्यक्रममा भएकाे विवादमा वडा नम्बर ७ का अध्यक्ष विजय महताेले विद्यालयका प्रधानाध्यापक महेश झामाथि हातपात गरेका हुन् ।

घटनामा विद्यालयमा अध्ययनरत केही विद्यार्थीहरुसमेत घाइते भएका छन् । प्रधानाध्यापकमाथि हातपात गरेलगत्तै स्थानीय र विद्यार्थीहरुले वडाध्यक्ष महतोको घर घेराउ गरेका छन् । अहिले विद्यालयको अवस्था समान्य रहेको र विवाद मिलाउने प्रयास जारी रहेको महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताउनुभएकाे छ ।

विवादकै बीच पनि बेटी पढाउ, बेटी वचाउ अभियान अन्तरगत त्यस विद्यालयका कक्षा ८ का विद्यार्थीहरुलाई मुख्यमन्त्री लालबाबु राउतद्वारा साइकल वितरण कार्यक्रम भने सम्पन्न भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...