केन्द्रीय प्रचार विभागका प्रमुख श्रेष्ठ र उपप्रमुख थापाले सम्हाले जिम्मेवारी



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय प्रचार तथा प्रकाशन विभागको जिम्मेवारी औपचारिक रूपमा प्रमुख नारायणकाजी श्रेष्ठ र उपप्रमुख सूर्य थापाले ग्रहण गर्दै कार्य थालनी गर्नुभएको छ ।  पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयको दिवाकर हलमा बुधबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यतामा आयोजित हस्तान्तरण कार्यक्रममा पूर्ववर्ती नेकपा (एमाले) का प्रचार प्रमुख योगेश भट्टराई, उपप्रमुख सूर्य थापा र सचिव विष्णु रिजाल तथा नेकपा (माओवादी केन्द्र) का प्रचार प्रमुख पम्फा भुसालले आआफ्नो अनुभवसहित नयाँ कार्यविभाजन अन्तर्गत विभागीय जिम्मेवारी हस्तान्तरण गर्नुभयो । साथै, आफ्नो कार्यकालमा गरेको योगदानका निम्ति उहाँहरूलाई प्रमुख र उपप्रमुखद्वयले विदाई र अन्य जिम्मेवारीमा सफलताको शुभकामना प्रदान गर्नुभयो ।

सो अवसरमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यतिबेला स्वतन्त्रता र अनुशासन तथा लोकतन्त्र र अधिनायकत्वबीच सन्तुलित सम्बन्ध र व्यवहार गर्न आवश्यक रहेकोमा जोड दिनुभयो । र, योजनाबद्ध प्रचार कार्य व्यवस्थित गर्नुपर्ने आवश्यकता औल्याउँदै नयाँ जिम्मेवारी सफलताका साथ बहन गर्न शुभकामना दिनुभयो ।

बैठकमा वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, युवराज ज्ञवाली, प्रदिप नेपाल, अग्नि सापकोटा, पम्फा भुसाल, रघुजी पन्त, प्रेस संगठन नेपालका ईन्चार्ज राजेन्द्र गौतम, सह इन्चार्जद्वय महेश्वर दाहाल(संयोजक) र ओम शर्मा तथा सहसंयोजक गणेश वस्नेतलगायतले आआफ्ना सुझाव र शुभकामना दिनुभएको थियो ।

उक्त बैठकमा पार्टी नियमावली २०७५ ले विभागलाई प्रदान गरेको कार्य क्षेत्रको चर्चा गर्दै उपस्थित नेतागणलाई स्वागत गर्दै उपप्रमुख सूर्य थापाले बैठक थालनी र संचालन गर्नुभएको थियो । बैठकको अध्यक्षता गर्दै प्रमुख कमरेड नारायणकाजी श्रेष्ठले पार्टी अध्यक्ष, वरिष्ठ नेतासहित बैठकमा सहभागी सबै आमन्त्रित व्यक्तित्वहरूलाई शुभकामना, निर्देशन र मार्गदर्शनका निम्ति धन्यवादका साथ विभागले योजनाबद्ध र सुव्यवस्थित रूपमा काम गर्ने स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...