प्रहरीबाट निर्घात कुटिए कन्टेनर चालक (भिडियोसहित)



हाम्रो इकोनोमि

 

रसुवामा एक कन्टेनरका चालक नेपाल प्रहरीबाट निर्घात कुटिएका छन् । नेपाल-चीन सामान ढुवानीका लागि प्रयोग हुँदै आएको बा. ६ ख ४९२५ नम्बरको कन्टेनरका चालक श्रीमान् तामाङ मंगलबार नेपाल प्रहरीका सहायक निरीक्षक (असई) र हवल्दारबाट रसुवाको टिमुरेमा कुटिएका हुन् ।

टिमुरे सडकमा अव्यवस्थित ढंगले राखिएका सवारी हटाउन पुगेको प्रहरीले सामान्य विवादका क्रममा कुटपिट गरेको खुले पनि असई र हवल्दारको पहिचान प्रहरीले गोप्य राखेको छ ।

रसुवामा एक कन्टेनरका चालक नेपाल प्रहरीबाट निर्घात कुटिएका छन् । नेपाल-चीन सामान ढुवानीका लागि प्रयोग हुँदै आएको बा. ६ ख ४९२५ नम्बरको कन्टेनरका चालक श्रीमान् तामाङ मंगलबार नेपाल प्रहरीका सहायक निरीक्षक (असई) र हवल्दारबाट रसुवाको टिमुरेमा कुटिएका हुन् ।

टिमुरे सडकमा अव्यवस्थित ढंगले राखिएका सवारी हटाउन पुगेको प्रहरीले सामान्य विवादका क्रममा कुटपिट गरेको खुले पनि असई र हवल्दारको पहिचान प्रहरीले गोप्य राखेको छ ।

‘यसरी कुटपिट गर्न मिल्छ ? ड्राइभरको इज्जत छैन र भन्या ?’ एक प्रत्यक्षदर्शीले प्रहरीलाई सुझाउँछन् । तर, चालकले सुरुमा गल्ती गरेको जिकिर गर्दै प्रहरीहरु लात्ती र मुक्का बर्साइरहन्छन् ।

भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि प्रहरी रवैयालाई लिएर यसको आलोचना भएको छ । ट्यांकर चालकहरूले घटनाको विरोधमा बुधबार सवारी आवागमन बन्द गराउने चेतावनी दिएका छन् ।

यसबारे जानकारी लिन रसुवा प्रहरी प्रमुख भोगेन्द्र पुरुष ढकालसँग सम्पर्क गर्दा उनले अव्यवस्थित गाडी हटाउन प्रहरीले आग्रह गर्दा घटना भएको र यसमा चालक स्वयं जिम्मेवार रहेको दाबी गरे ।

साँघुरो सडकमा अव्यवस्थित रूपमा राखेको गाडी हटाउन आग्रह गर्दै पुगेको प्रहरीलाई चालक तामाङले हात छाडेपछि घटना भएको उनको भनाइ छ । ‘प्रहरीले सडकमा राखिएको सवारी हटाउन गरेको आग्रहमा चालक तामाङले प्रहरीमाथि नै हात छाडेपछि घटना भएको हो’, घटनामा प्रहरी जिम्मेवार नभएको दाबी गर्दै उनले अनलाइनखबरसँग भने ।

यद्यपि, उनले यसबारे अनुसन्धान थालेको र प्रहरी दोषी देखिए कारबाही गर्ने प्रतिबद्धता जनाए । ‘घटनापछि हामीले प्रहरी र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेका छौं । यसबारे एक समिति पनि बनाउँछौं । अनुसन्धानबाट प्रहरी दोषी देखिए कारबाही गर्छौं,’ डीएसपी ढकालले भने ।

सामाजिक सञ्जालमा भिडियोलाई लिएर आलोचना भइरहेका बेला उनले सार्वजनिक भिडियोको दृष्य सुरुको नभएर अन्तिमको भएको जिकिर गरे ।

प्रहरीलाई कानूनको रक्षक मानिन्छ । कानून हातमा नलिई कानूनको रक्षा गर्नुपर्ने भए पनि प्रहरीको कार्यशैली बेलाबेला आलोचित हुने गरेको छ । यसअघि पनि गोंगबुमा एक असहाय व्यक्तिलाई प्रहरीले यसैगरी निर्घात कुटेको भिडियो सार्वजनिक भएको थियो ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...