मेघ गर्जन र चट्याङ्गसहित देशभर वर्षा, सतर्कता अपनाउन मौसम पूर्वानुमानको सूचना



हाम्रो इकोनोमि

 

आज देशभर मेघ गर्जन र चट्यांगसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । कतैकतै भारी वर्षासमेत हुने अनुमान छ । मनसुनी रेखा नेपालको पश्चिमी भूभागमा औसत स्थानभन्दा केही माथि र अन्य ठाउँमा औसत स्थान आसपास रहेको तथा बंगालको खाडीको उत्तर–पश्चिम भागमा विकसित न्युन चापीय प्रणालीका कारण देशभर मेघ गर्जनसहित हल्कादेखि मध्ययम वर्षा भइरहेको छ ।

मौसम विज्ञान विभागले जारी गरेको बुलेटिनमा लेखिएअनुसार हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना बुधबार, बिहीबार र शुक्रबार पनि छ । यसको प्रभावले पहाडि भु–(भागमा पहिरोको जान सक्ने, हवाई तथा सडक यातायातमा समेत सामान्य अवरोध आउन सक्ने र नदीमा पानीको बहाव बढ्न सक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

बाढी पूर्वसूचना केन्द्रले गएराति २ बजे ट्वीट गरेर सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे र आसपासको स्थानमा भारी वर्षा मापन भएको र भोटेकोशी बाह्रबिसेमा जलसतह करिब १ मिटर बढेको उल्लेख गरेको छ । साना खोलामा आकस्मिक बहाव हुनुको साथै सिन्धुपाल्चोकको कोदारी राजमार्ग र आसपास पहिरो जान सक्ने भएकाले यात्रामा सतर्कता अपनाउन पनि अनुरोध गरेको छ ।

यस्तो छ सूचना

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०५/१८ देखि २०७६/०५/२०) जारी समय :विहान ६:०० बजे – देशभरी आंसिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ। पहाडि भेगका १-२ स्थानहरुमा भारि वर्षाको संभावना रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०५/१७ देखि २०७६/०५/१९) जारी समय :सांझ ६:०० बजे – देशका अधिकांस स्थानहरुमा सामन्य देखि पूर्ण बदली रही केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। पश्चिम र मध्यका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना देखिन्छ |

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०५/१७ देखि २०७६/०५/१९) जारी समय :बिहान ६:०० बजे -दिउँसो: देशभरी सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। पूर्वी र मध्य पहाडि भेगका एक वा दुई स्थानमा भारी वर्षा हुने सम्भावना देखिन्छ |

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०५/१६ देखि २०७६/०५/१८) जारी समय :सांझ ६:०० बजे -राती: देशभरी सामान्य बदली रही पहाडि भेगका केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुने छ। साथै पहाडि भेगका एक वा दुई स्थानमा भारी वर्षा हुने सम्भावना देखिन्छ |

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/५/१६ देखि २०७६/०५/१८) जारी समय :बिहान ६:०० बजे -भाद्र १६ गते सोमबार,दिउँसो: देशभरी आंसिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...