जोरपाटीमा दुई समूहबीच ग्याङ फाइट, एक युवाको मृत्यु
काठमाडौंको जोरपाटीमा दुई समूहबीच भएको ग्याङ फाइटमा एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा संखुवासभाको बारपोखरी ६ का १८ वर्षीय सञ्जय राई रहेका छन् ।
कुटपिटका कारण गम्भीर घाइते भएका सञ्जयको महाराजगन्जस्थित टिचिङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिएका छन् ।
मृतक सञ्जयको छातिमा गहिरो चोट लागेको थियो । सञ्जयको मृत्यु भएसँगै ग्याङ फाइटमा संलग्न २ युवा पक्राउलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा संखुवासभाको फावाखोला ४ का प्रेमकुमार राई, इलामको चिटिढुङ्गा १ का शुसान राई रहेका छन् ।
दुबै जनालाई बुधबार बिहान कपन क्षेत्रबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता बोगटीले जानकारी दिए । के कारणले झगडा परेको थियो भन्ने खुलेको छैन् । दुई समूहबीच जम्काभेट भएसँगै झगडा शुरु भएको जनाइएको छ ।


