प्रधानमन्त्री ओलीलाई भेट्न बामदेव र बिष्णु पौडेल सिंगापुर जाँदै



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओली उपचार सकेर शुक्रवार नेपाल फर्किदैछन् । नेपाल फर्किन लागेका प्रधानमन्त्री ओलीलाई भेट्न नेकपाका उपाध्यक्ष र महासचिव आज सिंगापुर जान लागेका छन् । उपाध्यक्ष बामदेव गौतम र महासचिव बिष्णु पौडेल प्रधानमन्त्रीलाई भेट्न आज दिउँसो सिंगापुर जाने स्रोतले बताएको छ ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अबस्था सामान्य भएको निजी सचिवालय जानकारी गराउँदा गराउँदै गौतम र पौडेल किन हतारिएर सिंगापुर जाँदैछन् ? यतिबेला अर्काे चासोको बिषय बनेको छ । पछिल्लो समय प्रधानमन्त्री ओलीलाई भेट्न दजर्ना नेता र ब्यपारीहरु सिंगापुर गइरहेका छन् । प्रधानमन्त्री ओलीलाई सिंगापुरको अस्पतालमै गएर भेट्नहरुको संख्या दैनिक बढ्न थालेको छ । उनीहरुको चासो प्रधानमन्त्रीको स्वास्थ्यभन्दा पनि चाप्लुसी भएको नेकपा केन्द्रीय सदस्य सूर्य थापाले सामाजिक सञ्जालबाट टिप्पनी गरेका छन् । विरामी प्रधानमन्त्रीको उपचार प्रभावित हुनेगरी चाप्लुसी र स्वार्थका लागि सिंगापुर नजान केन्द्रीय सदस्य थापाले चेतावनी पनि दिएका छन् ।

 

प्लाज्मा फेरेसिक प्रक्रियाबाट शरीरमा रहेको एन्टीबडी घाटाउने अन्तिम उपचार बुधवार हुँदैछ । बुधवार अन्तिम प्रक्रिया सकिएपछि प्रधानमन्त्री ओली शुक्रवार नेपाल फर्किने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओलीलाई अस्पतालकै बेडमा भेट्ने र नेपालसँगै फर्किन योजनाका साथ दुई नेता जान लागेका हुन् । ५ भदौमा प्रधानमन्त्री ओली उपचारका लागि सिंगापुर पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...