प्रेसर लो भएका व्यक्तिहरुले खानुहोस् यी १० खानेकुरा



हाम्रो इकोनोमि

 

बल्ड प्रेसर लो भएका बिरामीहरुले आफ्नो खानेकुरामा विशेष ध्यान दिन अत्यावश्यक छ । खानपानमार्फत नै यसलाई सामान्य बनाउन सक्नुहुन्छ ।
सामान्तयाः यदि कसैको लो ब्लड प्रेसर छ भने त्यस्ता व्यक्तिले इन्सुलिन बढाउनका लागि त्यस्ता व्यक्तिहरुले गुलियो खानेकुराहरु खाने गर्दछन् । लो ब्लड प्रेसरका बिरामीले कस्तो प्रकारको खानेकुरा खानुपर्छ भन्ने विषयमा केहि जानकारी तल दिइएको छ ।
१. पात भएको सागसब्जीः
पात भएको सागसब्जीमा आइरन हुने गर्दछ जुन मानव शरिरको लागि अत्यावश्यक खनिज पदार्थ हो । ब्लड प्रेसरलाई कम गरेर त्यसलाई सामान्य बनाउनका लागि यो निकै महत्वपूर्ण हुने गर्दछ ।

२. डार्क चक्लेटः
डार्क चक्लेटले मुटुको रोगी र कम ब्लड प्रेसर भएका बिरामीहरुका लागि राम्रो मानिन्छ ।

३. बदामः
बदामले तपाईंको उर्जा र प्रतिरोध क्षमतालाई बृद्धि गर्ने गर्दछ । यसका साथै यसले रक्तचापलाई नियमित गर्ने गर्दछ त्यसकारण यसलाई दैनिक आहारमा समावेश गर्नुहोस् ।

४. बिना बोसोको मासुः
यस्तो मासुको सेवन गर्नुहोस् जसमा बोसोको मात्रा कम हुन्छ । जो व्यक्तिको कम रक्तचापको समस्या छ उनीहरुका लागि टर्की, चिकन र माछाजस्ता पदार्थको सेवन गर्न उचित हुन्छ । यो कम रक्तचापका लागि सर्वोत्तम आहार हो ।

५. सागसब्जीः
सागसब्जीमा प्रोटिन र भिटामिन हुने गर्दछ । ब्लडप्रेसरलाई सामान्य बनाइराख्नका लागि प्रत्येक दिन सागसब्जी खाने गर्नुहोस् ।

६. फलफूलः
यस्तो फलफूलको सेवन गर्नुहोस् जसमा प्रोटिनको मात्रा बढि हुन्छ । यो यस्तो फल हो जसले रक्तचापका बिरामीका लागि निकै राम्रो हुने गर्दछ ।

७. कालो खाद्य पदार्थः
कालो अंगुर, कालो छोगडा आदि खाद्य पदार्थमा आइरनको मात्रा अत्यधिक हुने गर्दछ । यी सबै पदार्थ कम रक्तचापलाई सामान्य बनाउनका लागि निकै उपयोगी हुने गर्दछ । यसलाई आहारमा समावेश गर्दा रक्तचापका साथै मुटुलाई पनि स्वस्थ राख्ने गर्दछ ।

८. अमिलो खाद्य पदार्थः
गर्मीमा अमिलो खाद्य पदार्थ जस्तो सुन्तला आदि स्वास्थ्यका लागि निकै राम्रो हुने गर्दछ किनभने यसमा पानी र एसिड दुबै पाइने हुनाले कम रक्तचाप भएका बिरामीहरुको शरिरमा उर्जा निर्माण गर्न सहयोग गर्ने गर्दछ ।

९. गहुँ:
मैदाको तुलनामा गहुँ निकै राम्रो मानिन्छ । कम रक्तचापलाई सामान्य बनाउनका लागि यसको प्रयोग गर्नु लाभदायक हुने गर्दछ भने स्वास्थ्यको दृष्टिकोणले पनि उत्कृष्ट साबित हुन्छ ।

१०. लसुनः
लसुनलाई आफ्नो आहारमा समावेश गर्ने मानिसहरुको रक्तचाप सामान्य हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस
रास्वपा उम्मेदवारको गाडीको ठक्करबाट रौतहट बालिकाको मृत्यु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रौतहट २ का उम्मेदवार सगिर आलमको...

ढुक्कैसँग निर्वाचन हुन्छ, कसैले बिथोल्न सक्दैन : आयोग

    कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्तिपूर्ण निर्वाचनको वातावरण बनेको बताएका...

कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...