प्रहरीले तत्कालै कदम नचालेको भए करोडौं लुटिन सक्थ्यो



हाम्रो इकोनोमि

 

प्रहरीले प्रविधिको प्रयोगसँगै बैंक तथा वित्तीय संस्थामा सुरक्षा चुनौती थपिएको जनाएको छ ।

शनिबार राति पाँच जना चिनियाँ नागरिकले विभिन्न एटीएमको पिन ह्याक गरी १ करोड ६८ लाख रुपैयाँ लुटिएपछि प्रहरीले प्रविधिले बैंक तथा वित्तीय संस्थामा चुनौती थपेको जनाएको छ । महानगरीय प्रहरी परिसरमा भएको पत्रकार सम्मेलनमा परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले केही विदेशीहरु नेपालमा बैंकिङ प्रणाली ह्याक गर्नकै लागि नेपाल आउने गरेको जानकारी दिनुभयो  ।

शनिबार सोह्रखुट्टेको एक एटीएमबाट अस्वभाविक पैसा झिकिएको जानकारी आएपछि प्रहरीले तत्कालै एक्सन लिएको थियो । सुरुमा एकजना पक्राउ गरिएको र उनीमार्फत जयनेपाल हल नजिकैको होटलमा बसेका अन्य पाँच जनालाई पक्राउ गरिएको सुवेदीले जानकारी दिनुभयो ।

उनीहरुको साथबाट १ करोड ६८ लाख रुपैयाँ र ह्याक गर्न प्रयोग हुने डिभाइस पनि बरामद भएको छ  । उनीहरुमाथि बैंकिङ कसुर मुद्दामा उच्च अदालतबाट म्याद थपेर  अनुसन्धान भैरहेको छ ।

यसैबीच नेपाल बैंकर्स संघले लुटिएको रकमलाई लिएर निक्षेपकर्तालाई नआत्तिन सुझाव दिएको छ । नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले सबै बचतकर्ताको पैसा सुरक्षित रहेको बताउनु भयो । विदेशमा नेपालीले चलाइरहेका केही कार्डबाट पनि पैसा झिकिएको पनि उहाँले बताउनु भयो ।

प्रहरीले तत्कालै कदम चालेकोले ठूलो रकम लुटिनबाट जोगिएको बताउनु भयो । जहिले पनि प्रविधिभन्दा ह्याकर अघि रहने भएकाले चुनौती थपिएको पनि अध्यक्ष ढुंगानाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...