पूर्वयुवराज पारस शाहका के के छन बद्नामी



हाम्रो इकोनोमि

 

शाहज्यादा हुँदै असंख्य विवादमा मुछिएका पूर्वयुवराज पारस शाहप्रति पूर्वराजा ज्ञानेन्द्र शाह अलिक सकारात्मक हुँदै थिए तर उनको विवादका शिलशीला रोकिने छाँट देखिएको छैन ।

दरबार हत्याकाण्डपछि राजगद्दी सम्हाल्नासाथ युवराज घोषणा नगर्नूको कारण विवाद निम्तिन्छ भन्ने नै थियो । चार महिनासम्म ०५८ सालमा युवराज घोषणा नगरिएका पारसको उदण्डतामा कमी आउला भन्ने थियो, पूर्वराजालाई । उनको बारेमा सोच्दा सोच्दै जम्मा ५ बर्षको अन्तरालमा शाह वंशीय राजतन्त्र नै मुलुकमा रहेन, गणतन्त्र आयो ।

गणतन्त्र घोषणा भए पनि दरबारप्रति जनमोह शून्यमा झरेको थिएन । पहिलो संविधानसभामा त्यसको प्रतीकका आधारमा तत्कालिन राप्रपा नेपालका चार सीट र दोस्रो संविधानसभामा ह्वात्तै ग्राफ बढेर २५ सीटमा पुगेको थियो ।

एजेन्डाको दुरुपयोगमा सत्तास्वादमा कमल थापा रुमल्लिएपछि दरबारको ग्राफ फेरि स्वाट्टै घट्यो । यसो हुनुमा पारस शाहको धेरथोर ‘चिप’ बनिदिने बानी र विविध घटनाको विवादमा सतहमा उत्रिनु पनि देखियो ।

दरबारनिकट स्रोतले भन्यो,‘त्यसबेला पारस शाहको हर्कत र आनीबानीमा केही सुधार आएको भए दरबारप्रतिको सहानुभूति अझ बलियो हुने थियो जस्तो लाग्छ । तर विविध विवादमा मुछिनु नै दुर्भाग्य भयो ।’

थाइल्यान्डमा लामो समय बस्दा लागुपदार्थ सेवन, कारोबार र प्रेमको विषयले पारस विवादमा तानिएका थिए । उनका कतिपय तस्बिर र पक्राउ गरिएका विषयबस्तु सतहमा आए, जुन नागरिकका लागि पटक्कै रुचीकर थिएनन् ।

सोहीबीचमा कांग्रेस नेत्री सुजाता कोइरालाकी छोरी ज्वाँई बंगलादेशी नागरिक रुवेल चौधरीसँग चितवनमा भएको विवाद सतहमा आयो । पारसले सुजातापुत्रीलाई जिस्क्याएको र चौधरीमाथि बन्दुक नै तेर्साएको हल्ला आयो । जसका कारण हातहतियार खरखजाना मुद्दामा जिल्ला प्रशासन कार्यालयमा शाहले तारेख समेत धाउनु परेको थियो ।

यसबीचमा कुनै खास विवादमा नतानिएका पारस आजभोली अनेक ‘चिप’ काममा हिँडेका विवरण सार्वजनिक हुन्छन् । सर्वसाधारणको जीवनशैली अपनाएको भनिए पनि ‘युट्युवर’ सोनिका रोकायासँगको उनको अँगालो मारेको तस्बिर बाहिर आयो । जसले अर्को विवाद खडा गरेको थियो ।

त्यसअघि उनले ट्राफिक नियम मिचेर सवारी चलाएको भनी विवाद आएको थियो । जसमा जरिवानामा समेत परेका थिए । हालै मात्र विमानस्थलमा प्रहरीमाथि जाइलागेको विषय पनि विवादीत भयो । तर, त्यसमा पारसले सामाजिक सञ्जालमार्फत घटनाको विवरण राख्दै माफी पनि मागेका थिए ।

‘कतिपय घटना नियोजित नहुन सक्लान् । तर, उनी यसरी विवादमा आइरहे भने त्यसबेलाको छविमा सुधार भयो भनेर मानिस आश्वस्त हुन सक्ने छैनन्’, पारसनिकट एक व्यक्ति भन्छन्,‘यो आश्वस्त पार्नका लागि विवादीत काम र प्रचारमा पूर्वयुवराज आउन हुँदैन ।’

परिवारका सबै सदस्यसँग राम्रो सम्बन्ध बन्दै गर्दा पत्नी हिमानीसँग निकटता हुन सकेको छैन । छोराछोरीसँग नजिक छन्, बाबुआमासँग सार्वजनिक कार्यक्रममा सँगै देखिन्छन् । तर, उनका केही हर्कतले भित्र–भित्रै पूर्वराजा पनि मुर्मुरिएको दरबार स्रोतले जनायो । पूर्वराजालाई छोराको अहिलेको संगत पनि मन परेको छैन ।

नागरिकबीच पूर्वराजाको लोकप्रियताको ग्राफ उकालो लागिरहेका बेला छोराको अलोकप्रियताको ग्राफले थिचिरहँदा दरबारप्रतिको विश्वास र मोह जनतामा फितलो हुनसक्ने देखिन्छ । यसैकारण पनि देशाटनदेखि विश्वका विविध देशको भ्रमणमा पूर्वराजाले पारसलाई साथ लैजाने गरेका छैनन् ।

दरबारप्रतिको सहानुभूति कायम देखाउनका निम्ति देशमा हुने विविध निम्तोमा पारस साथसाथ देखिए पनि भित्री रुपमा ज्ञानेन्द्र उनीसँग खुशी नरहेको निर्मलनिवास स्रोतले जनाएको छ । तर, आमा तथा पूर्ववडामहारानी कोमल शाह भने पारसलाई परिवारको बन्धनमा ल्याउनुपर्ने भन्दै अगाडि सार्छिन् । जसको उदाहरण हिमानी ट्रष्टले भूकम्पमा क्षति भएको गोरखाको विद्यालयको भवन निर्माण गरी हस्तान्तरण गरेको कार्यक्रममा पारस आमासँगै अतिथि रहनु थियो । सोही बेला हिमानीसँगका केही तस्बिरका कारण सम्बन्ध सुदृढ भएको अनुमान धेरैले गरेका थिए । तर पछिल्ला उनका गतिविधिले भने लोकप्रियतामा जोड होइन, घटाऊको यात्रा निश्चित हुनसक्ने बताइन्छ ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...