तिजमा व्रत बस्दै हुनुहुन्छ ? यी कुरामा ख्याल गर्नुहोस्



हाम्रो इकोनोमि

 

 

तिजमा धेरै महिला व्रत बस्ने गर्छन् । पहिलेजस्तो निराहर व्रत बस्ने चलन त बिस्तारै हराउँदैछ । तर पानी र फलफूल खाएर व्रत बस्दा पनि स्वास्थ्यलाई ध्यान दिनुपर्ने हुन्छ ।  आफ्नो स्वास्थ्यको ख्याल नगरी व्रत बस्नु भनेको रोग निम्त्याउनु हो । स्वास्थ्यलाई ध्यान दिँदै व्रत बस्दा यसले फाइदा पनि गर्छ ।

व्रत बस्दाका फाइदा 

– व्रत बस्दा सबै कुरा मिलाएर बस्न सकियो भने स्वास्थ्यको लागि धेरै फाइदा गर्छ ।
– आत्मसन्तुष्टि हुन्छ । जसले जीवनलाई सार्थक रुपमा अगाडि बढाउन मद्दत गर्छ  ।
– खानाको एलर्जी तथा पेट फुल्ने समस्या भएकालाई राम्रो गर्छ ।
– बढी खाएर भएको ग्याष्ट्राइटिस ठिक हुन्छ ।
– धेरै मोटो, कलेजोमा बोसो भएका, कोलेस्ट्रोल भएका र पेट ठूलो भएकाहरुलाई फाइदा हुन्छ ।
– समय समयमा व्रत बसेर कम खाने मान्छे बढी बाँच्छन् भन्ने प्रमाणित भएको छ  ।

व्रत तीन प्रकारका हुन्छन्

१. केही नखाएर निराहार बस्ने व्रत
२. पानी जुस खाएर बस्ने व्रत
३. एक दिन बिराएर वा केही दिन बिराएर बस्ने व्रत

व्रत र यसले गर्ने बेफाइदा

 

– सुगरका नियमित औषधि खाने बिरामीले व्रत बस्दा प्रेसर लो भएर बेहोस हुने तथा ब्रेनमा असर पुग्यो भने त्यो सबैभन्दा घातक हुन्छ  ।
– प्रेसरका बिरामीले बेलुका औषधि खाएर सुत्ने अनि भोलिपल्ट नुन, पानी नखाँदा चक्कर लागेर ढल्न सक्छन् ।
– थोरै तौल छ भने व्रत बस्दा पानी तथा ग्लुकोजको मात्रा कम भएर ढल्ने सम्भावना धेरै हुन्छ ।
– उमेर धेरै भैसकेकाहरुले व्रत बस्दा बेफाइदा गर्छ ।
– तीव्ररुपमा वृद्धि विकास हुने उमेरमा व्रत बस्दा असर गर्छ ।
– मिर्गौलाका बिरामीले व्रत बस्दा पानीको मात्रा कम भइ शरीरमा डिहाइड्रेसन हुन्छ र ढल्ने सम्भावना हुन्छ ।
– त्यस्तै गर्भवती तथा दूध खुवाउने महिलाले पनि व्रत बस्नु हँुदैन ।

व्रत बस्दा ध्यान दिनुपर्ने कुरा 

– यदि व्रत बस्दै हुनुहुन्छ भने पानी, जुस, फलफूल, दूध खाएर बस्नु पर्छ ।
– सकेसम्म खाना (भात) नखाए पनि सुजी, साबदाना लगायतका परिकार खानुपर्छ ।
– यदि त्यो पनि मिल्दैन भने पानी खानै पर्छ ।
– बिहानदेखि बेलुकासम्म बस्दा ठिकै हुन्छ तर रातभरि व्रत बस्नु हुँदैन ।
– लामो समय व्रत बस्दा धेरैखालका रोग लाग्ने, शरीर कमजोर भएर ढल्ने तथा अस्पतालसम्म जानुपर्ने अवस्था आउँछ ।

उज्यालोअनलाइन बाट

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...