गगन थापा नै सडक विभागमा धर्ना, भने अब सिंहदरबारमा बस्छौं



हाम्रो इकोनोमि

 

काँग्रेसका युवा नेता एवम् काठमाडौं क्षेत्र नम्बर ४ का  प्रतिनिधिसभा सदस्य गगन थापाको नेतृत्वमा सडक विभाग पुल्चोकमा धर्ना सुरु भएको छ । उनीसहित प्रदेशसभा सांसद र स्थनीयवासीले सो क्षेत्रका  १२ वटा सडक अलपत्र पारिएको भन्दै धर्ना सुरु गरेका हुन् ।

धर्ना आधा घण्टासम्म जारी रहनेछ । धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै सांसद थापाले सडकबाट अवाज उठाउँदा पनि नसुनिएपछि धर्ना सुरु गरिएको बताए । उनले भने, ‘हामीले सडकबाट आवाज उठाउँदा नसुनेपछि सांकेतिक रुपम धर्ना बस्न बाध्य भएका हौं, चावहिल कपन लगायत काठमाडैं ४ का सडक लगायतका सडक निर्माणको कार्य गत बैशाखमै म्याद सकिएको थियो । सो म्यादमा २० प्रतिशत मात्रै काम भएको र फेरि पुरानै कम्पनीलाई २ वर्षको म्याद थप गर्न लागिएकोले त्यसको विरोध गरिएको हो ।’

केही समयअघि थापाले क्षेत्र नम्बर ४ का सडक अलपत्र पार्ने ठेक्केदारलाई कार्वाहीको माग गर्दै सडक विभागमा पत्र पठाएका थिए । पत्र पठाएपनि त्यतिबेला उनीहरुलाई कार्वाही गरिएको थिएन । कार्वाही गर्नुको साटो कपन क्षेत्रमा खानेपानी आयोजना निर्माणको जिम्मेवारी पनि सडक अलपत्र पार्ने कम्पनीलाई नै दिइएको भन्दै उनीहरुले चर्को विरोध गरेका छन् ।

यो विषयमा संसदमा मन्त्रीलाई प्रश्न सोध्दा मन्त्रीले जवाफ नै नदिएको सांसद थापाले बताए । अबको एक हप्ताभित्र सो क्षेत्रमा सडक र खानेपानीको निर्माण कार्य अघि नबढे सिंहदरबारभित्रै धर्ना बस्ने उनले चेतावनी दिए । उनले भने, ‘जनतालाई सास्ती दिएर मन्त्रीलाई मस्तीसँग बस्ने छुट छैन । सडक निर्माणका लागि संघर्षको कार्यक्रम आजबाट सुरु भएको छ ।’

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...