रेशम चौधरीमाथि राज्यबाट अन्याय भयो : मोहन वैद्य



हाम्रो इकोनोमि

 

नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले रेशम चौधरीमाथि राज्य पक्षबाट अन्याय भएको बताएका छन् । टीकापुर घटना राजनीतिक भएको भन्दै उनले राजनीतिक रूपमै समाधान खोज्नुपर्ने बताए । ७ भदौमा टीकापुरमा भएको थरुहट सम्मेलनबाट फर्किएका वैद्यले शुक्रबार बुटवलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै बैद्यले भने, ‘रेशम चौधरीमाथि मुद्दा लगाइनु गलत हो, उनी अन्यायमा परेका छन् ।’

थारु समुदाय सामन्तवाद, सुदूरपश्चिम र मधेसीको चुपुवामा परेको उनको दाबी छ । टीकापुर घटनाको अर्को दिन थारु समुदायमाथि राज्यले निर्मम दमन गरेको भएपनि त्यसबारे कसैले नबोलेको क्रान्तिकारी माओवादीका अध्यक्ष वैद्यको भनाइ छ ।

अर्को एक प्रशंगमा उनले वर्तमान सरकारले कम्युनिष्टको बद्नाम मात्र गरेको टिप्पणी गरे । सरकारको परराष्ट्र र कूटनीतिक सम्बन्ध अपारदर्शी र शंकास्पद रहेको उनको दाबी छ । अमेरिकाको इण्डो प्यासिफिक अन्तर्गत सैन्य साझेदारी रणनीतिमा वर्तमान सरकारको भूमिका शंकास्पद देखिएको वैद्यको आरोप छ ।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...