२४ जना सिडिओको सरुवा, को कहाँ पुगे



हाम्रो इकोनोमि

गृह मन्त्रालयले काठमाडौंसहित २४ जिल्लाका सिडओको सरुवा गरेको छ । काठमाडौंमा जनकराज दाहाल आएका छन् भने रामप्रसाद आचार्यलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

ललितपुरका सिडिओ प्रेमराज जोशीको मकवानपुर सरुवा भएको छ । उनको ठाउँमा धादिङका भगिरथ पाण्डे आएका छन् ।

मोरङमा मदन भुजेल, रुपन्देहीमा महादेव पन्थ, बारामा फडिन्द्रमणि पोखरेल, सुनसरीमा राजेश पौडेल, झापामा उदयबहादुर राणा, इलाममा सीताराम कार्की, धादिङमा आशमान तामाङ, सुर्खेतमा बसन्त अधिकारी, बाँकेमा कुमारबहादुर खड्का, कास्कीमा रमेश केसी, मुस्ताङमा वेदप्रसाद अर्याल, जाजरकोटमा जनराज पन्तको सरुवा गरिएको छ ।

यस्तै, रुकुम पूर्वमा मोहनप्रसाद अर्याल, बझाङमा उमेश पाण्डेको सरुवा गरिएको छ । डा. कृष्णबहादुर घिमिरे धनकुटा, सुनिल खनाल सप्तरी, सूर्यबहादुर खत्री महोत्तरी र श्रवणकुमार तिमल्सिनालाई काभ्रेको कायममुकायम सिडिओको जिम्मेवारी दिइएको छ ।

यसैगरी, दिर्घनरायण पौडेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालय प्रमूखमा सरुवा गरिएको छ । उपसचिव सुरेन्द्र पौडेललाई नख्खु कारागार प्रशासन प्रमूखमा सरुवा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...