बामदेव गौतमलाई कास्कीबाट उठाउने यस्तो छ गोप्य तयारी



हाम्रो इकोनोमि

 

त्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) महासचिव बिष्णु पौडेलले आगामी मंसीरमा हुनगइरहेको उपनिर्वाचनमा उपाध्यक्ष बामदेव गौतम चुनाव लडन सक्ने संकेत गर्नुभएको छ । गौतमले चाहना गरेको अवस्था र पार्टीले निर्णय भएमा रिक्त रहेको कास्कीबाट उपनिर्वाचनमा उम्मेद्वार बनाउन सकिने महासचिव पौडेलले खुलासा गर्नुभएको हो ।

 

‘खालि भएका कुनै पनि स्थानीय, प्रदेश र संघमा हुने उपनिर्वाचनको विषयमा उम्मेदवारका सन्दर्भमा छलफल भएको छैन । वामदेव कमरेड आफैंले कुनै इच्छा वा आशय गर्नुभएको छैन,’ गौतमलाई प्रतिनिधिसभाका सदस्यमा रिक्त रहेको कास्कीमा उम्मेदवार बनाउने छलफल सुरु भयो भनिँदैछ, यथार्थ के हो ? भन्ने प्रश्नमा महासचिव पौडेलले भन्नुभयो, ‘समय नजिकिँदै जाँदा छलफल भई आवश्यक निर्णय हुनेछ । पार्टीले आवश्यक ठान्यो भने कामरेडलाई उठाउने निर्णय गर्न सक्छ । तर अहिलेसम्म उहाँले इच्छा व्यक्त गर्नुभएको पनि छैन । पार्टीले निर्णय गरेको पनि छैन ।’

 

महासचिव पौडेलका अनुसार बामदेव गौतमको क्षमताकै आधारमा उपाध्यक्षमा बढुवा गर्ने निर्णय सचिवालयले लिएको हो । प्रधानमन्त्रीले वामदेव गौतमलाई उपाध्यक्ष, पहिलोपटक अर्का अध्यक्ष पुष्पकमल दाहाललाई थप अधिकार दिने क्रमसँगै भित्री सहमतिमा काम गरेको भनिँदै छ, खासमा के हो ? भन्ने प्रश्नमा महासचिवले सो जानकारी दिनुभएको हो । उहाँका अनुसार वामदेव गौतम मुलुक र दललाई महत्त्वपूर्ण योगदान दिएका नेता हुनुहुन्छ। भूमिगतकालदेखि हेर्ने हो भने उहाँका काम महत्ववपूर्ण छन्। आन्दोलनको मोर्चामा उहाँ सधैं अग्रधारमा अघि बढेको व्यक्ति हुनुहुन्छ ।

 

जेलभित्रसमेत उहाँको भूमिकालाई महत्त्वपूर्ण मानिन्छ । उहाँले दमौली जेल विद्रोहको योजना बनाउनुभएको थियो। पोखरा जेल सारेपछि साथीहरूले उहाँकै योजना कार्यान्वयन गर्नुभयो। उहाँले देश, जनता र पार्टीका लागि खेलेको भूमिकाको कारणले उपाध्यक्षका निम्ति प्रस्तावित गरिएको हो। कामरेड दाहाल हाम्रो दलको अध्यक्ष हुनुहुन्छ। उहाँले पार्टीको बैठक राख्ने र आवश्यक निर्णय लिने सामान्य प्रक्रिया हो।

 

प्रधानमन्त्री सरकार सञ्चालनमा र अन्य महत्त्वपूर्ण काममा व्यस्त रहनुपर्दा आपसी परामर्शमा उहाँले प्रधानमन्त्री काठमाडौंमा हुँदा पनि बैठक राख्न सक्नुहुन्छ । प्रधानमन्त्री उपचारका लागि बाहिर जानुभएको छ। त्यो अवस्थामा आवश्यकताअनुरूप बैठक राख्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...