एक सय ३४ यात्रु बोकेर जापान पुग्यो नेपाल एयरलाइन्स



हाम्रो इकोनोमि

 

नेपाल एयरलाइन्सको पहिलो जापान उडान सफल भएको छ । काठमाडौंबाट १ सय ३४ जना यात्रुसहित उडेको जहाज जापानको ओशाकास्थित कान्साई इन्टरनेशनल एयरपोर्टमा अवतरण गरेको हो ।

निगमका अनुसार ८५ जनाले टिकट काटेका थिए भने ४९ जनाको सरकारी–निजी क्षेत्रका प्रतिनिधीको टोली पहिलो उडानमा सहभागी भए । बुधबार राति पर्यटनमन्त्री योगेश भट्टराईले टोलीलाई विदाई गरेका थिए । नेपाली टोलीको नेतृत्व पर्यटन राज्यमन्त्री धनबहादुर बुढाले गरेका छन् ।

ए ३३०–२०० जहाजको यो पहिलो लामो दुरीको उडान हो । बिहीबार बिहान २ः३० मा राखिएको निगमको जहाज २ः३९ मिनेटमा त्रिभुवन विमानस्थलबाट उडेको थियो । यो जहाज २ सय ७४ सिट क्षमताको हो । जापानबाट फर्कने ७0 सिट पक्का भइसकेको निगमको भनाइ छ । जहाज वरिष्ठ क्याप्टेन महेश्वरमान डंगोल र श्रवण रिजालको कमाण्डमा उडेको हो । फर्कदा भने विजय लामाले कमाण्ड गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...