प्रचण्डले गरे एक सातामा दुई गोप्य बैठक



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली सिंगापुर प्रस्थान गरेयता अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र सक्रियता देखाएका छन् । ओली विदेश भएका बेला प्रचण्डले पार्टीभित्रका शक्तिशाली नेताहरुसँग फरक फरक दुई गोप्य भेटघाट गरेका छन् ।

प्रधानमन्त्री ओली सिंगापुर प्रस्थान गरेको दोस्रो दिन वरिष्ठ नेता माधव नेपालसहित उनी निकटका नेताहरुसँग भेटवार्ता गरेका थिए । नेपाल, नेकपा स्थायी कमिटी सदस्य भीम रावल र सुरेन्द्र पाण्डेसँग अढाई घण्टा आफ्नै निवास खुमलटारमा गोप्य भेटघाट गरेका प्रचण्डले लगतै राष्टपति बिद्यादेवी भण्डारीसँग भेट गरेका थिए ।

स्थायी कमिटी सदस्य जनार्दन शर्माको सक्रियतामा नेपालसहितका नेताहरुसँग भेट गरेका प्रचण्डले लगतै ओली निकटका प्रभावशाली नेताहरुसँग भेट गरेका छन् । उपाध्यक्ष बामदेव गौतम, कार्यबहाक प्रधानमन्त्री इश्वर पोखरेल, महासचिव बिष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाडसँग भेट गरेका छन् ।

प्रचण्ड पूर्वएमालेभित्र पूर्णरुपमा खेलिरहेका छन् । भावी अध्यक्ष बन्ने होडमा उनी पूर्वएमालेभित्र खेलिरहेका छन् । प्रचण्डलाई तत्काललाई अध्यक्ष मान्न वरिष्ठ नेता माधव नेपाल पनि तयार नै छन् । तर भावी महाधिबेशनबाट मात्र नेपाल अध्यक्ष बन्न चाहन्छन् ।

प्रचण्ड पछिल्लो समय ओलीको इसारामा चलिरहेका छन् । तर नेपालसँग विस्वास गुमाउने पक्षमा पनि प्रचण्ड छैनन् । ओली र नेपाललाई समदुरीमा राखेर उनी अध्यक्ष र प्रधानमन्त्री पद चड्काउन चाहन्छन् । ओली स्वदेश फर्केपछि प्रचण्डको मुभको भित्री उदेश्य बाहिर पक्कै आउनेछ ।

पछिल्लो समय ओली निकटका नेता गौतम, पोखरेल र पौडेलले पार्टी एकताका बेला भएको चार बुँदे सहमतिलाई पार्टी सचिवालय बैठकबाट अनुमोदन गराउने आश्वासन प्रचण्डलाई दिएका छन् । आलोपालो प्रधानमन्त्रीको गोप्य सहमति ओली फर्केपछि नेकपा सचिवालय बैठकमा पेश हुनेछ । सचिवालय बैठकले आलोपालोको निर्णयलाई सदर गरे अबको एक बर्षमा प्रचण्ड प्रधानमन्त्री बन्नेछन् । प्रधानमन्त्री छोडेपनि ओलीले भने पार्टीको अध्यक्ष पद छोड्ने छैनन् ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...