नेविसंघको नेतृत्व टुंग्याउने अन्तिम कसरतमा कांग्रेस



हाम्रो इकोनोमि

 

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले भात्रृ, शुभेच्छुक र जनसम्पर्क समितिको नेतृत्व चयनको अन्तिम कसरत थालेको छ । लामो समयदेखि रिक्त रहेका भात्रृ संगठनहरुमा नेतृत्व चयन गर्ने र जनम्पर्क समितिका बिषयमा उठेका विवादलाई साम्य गर्नेगरी विहीबार केन्द्रीय समितिको बैठक बस्दैछ ।

नेपाली कांग्रेसले बुधवार केन्द्रीय समितिको बैठक बोलाएको थियो । तर वरिष्ठ नेता रामचन्द्र पौडेल अस्वस्थ भएका कारण विहीबार सारिएको थियो । आजको बैठकमा विशेषगरी नेपाल बिद्यार्थी संघको नेतृत्व चयन गर्ने गरी छलफल हुनेभएको छ । नैनसिंह महरले राजीनामा लिएपछि रिक्त रहेको नेपाल बिद्यार्थी संघलाई नयाँ नेतृत्व दिनेगरी कांग्रेसले छलफल थालेको छ ।

बुधवार वरिष्ठ नेता अस्वस्थ भएपनि पदाधिकारी बैठक भने बसेको थियो । बैठकले नेविसंघ र अध्यक्षदेखि महामन्त्रीसम्मको नाममा छलफल गरेको थियो । पार्टी सभापति शेरबहादुर देउवा समुहबाट पूर्वउपाध्यक्ष ऋषिकेश जंग शाह र शुभराम बस्नेत प्रवल दावेदार छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेलले मनोजमणि आचार्यलाई अगाडी सारेका छन् । त्यसैगरी कांग्रेसभित्रको तेस्रो ध्रुव मानिने कृष्णप्रसाद सिटौलाले निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेका पक्षमा वकालत गरिरहेका छन् ।

नेविसंघको अन्तरिमकालिन नेतृत्वमा शाह र बस्नेत मध्ये एक आउने सम्भावना रहेको छ । यी दुवै देउवाका अतिविश्वासिला बिद्यार्थी नेता हुन् । दुवै जना निकै क्रियाशिल भएका कारण देउवा नेतृत्व कसलाई दिनेमा अलफलमा परेका थिए । तर पछिल्लो समय उनी दुई मध्ये एकलाई चयन गर्ने पक्षमा उभिएका छन् ।

नेविसंघको अन्तरिमकालिन अध्यक्षका लागि सरोज थापा युवराज पाण्डे, दिपक भट्टराई रामप्रसाद अधिकारी, निलकण्ठ रिजाल आकाँक्षी छन् । तर शाह र बस्नेतमध्ये एकजनाले नेृतव्व पाउने लगभग निश्चित भइसकेको कांग्रेस स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...