मिडिया काउन्सिल विधेयक राष्ट्रियसभामा पेश



हाम्रो इकोनोमि

 

आज बस्ने राष्ट्रिय सभाको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले बिवादास्पद मिडिया काउन्सिल बिधेयक पेश गर्ने भएका छन् ।

राष्ट्रिय सभा बैठकको संभावित कार्यसूचीको पहिलो बुँदामा सो विषय रहेको छ भने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त सेफगार्ड, एण्टी–डम्पिङ तथा काउन्टरभेलिङ बिधेयक २0७५ माथि बिचार गरियोस भन्ने अर्को कार्यसूची रहेको छ ।

यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा कुमारी अर्यालले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त भूमि सम्बन्धी आठौं संसोधन विधेयक २0७५ लाई दफावार छलपलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस भनेर प्रस्ताव गर्ने कार्यसुची रहेको छ ।

वनमन्त्री शक्तिबहादुर बस्नेतले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त वातावरण संरक्षण विधेयक २०७६ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस भन्ने प्रस्ताव गर्ने कार्यसुची रहेको संसदका महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...