खुर्सानीको चमत्कारीक गुण : ग्यास्टिक रोक्नेदेखि क्यान्सरसँग लड्नेसम्म



हाम्रो इकोनोमि

 

 

सामान्यतया चिल्लो र पिरो खानेकुरा नखान केही स्वास्थ्यकर्मीले सुझाब दिएको पाइन्छ । चिल्लो तथा पिरो खानेकुराले पेटमा समस्या आउने र अल्सर निम्त्याउने उनीहरुले साबधानी दर्शाउदै आएका छन् । तर सन्तुलित ढंगले खुर्सानी खादा त्यसले फाईदा गर्ने अधिकांश विज्ञहरुको धारणा छ । रातो खुर्सानीले ग्यास्टिकको समस्याबाट जोगाउने उनीहरुको दाबी छ । शरिर भित्रका रक्त नलीलाई सफा बनाउन खुर्सानी महत्वपूर्ण साबित हुने उनीहरुको भनाई छ । यी हुन खुर्सानी खादाका फाईदाः

चिसोबाट बचाउछः खुर्सानीको विशेषता पिरो र तातो हो । यसले शरिरलाई चिसो हुनबाट जोगाउछ । चिसोले पेट फुलेको छ भने खुर्सानी राखेका परिकारले शरिरलाई फाईदा गर्छ ।

खाना पचाउन सहयोग गर्छः विज्ञहरुका अनुसार खुर्सानीले पाचन पक्रियामा पनि सहयोग गर्छ । त्यही भएर कतिपय चिनियाँ औषधीमा केही मात्रामा खुर्सानी मिसाईन्छ ।

तौल घटाउछः खुर्सानीले तौल घटाउन पनि सहयोग गर्ने विज्ञहरु बताउछन् । सन् १९९८ मा गरिएको एक अध्यनमा रातो खुर्सानीले मेटाबोलिजम बृद्धि गर्ने र शरिरको उर्जा छिटो उपयोग गर्ने जनाइएको थियो । रातो खुर्सानीले भोक घटाउने भएकोले तौल घटाउन प्रभावकारी मानिन्छ ।

क्यान्सरसँग लड्ने क्षमताः सन् २००७ मा गरिएको एक अध्ययनमा खुर्सानीमा हुने क्युरकुमिनले क्यान्सरबिरुद्ध लड्न सहयोग गर्छ । नियमित खुर्सानी खाँदा प्रोटेस्ट क्यान्सर नहुने अध्ययनमा जनाइएको थियो । भारतीयमा प्रोटेस्ट क्यानन्सर तुलनात्मक रुपमा कम हुनु पनि उनीहरुको खुर्सानी खाने आदतसँग जोडिएको छ । फ्लुबाट जोगाउछ खुर्सानीले शरिरको तापक्रम बढाउने भएकोले फ्लुबाट जोगाउछ । पिरो खानेकुराले पिनासबाट हुने समस्याबाट जोगाउछ ।

खुर्सानीले दम र ब्रोनकाईटिसबाट जोगाउने पनि विज्ञहरु बताउछन् । कस्ता व्यक्तिले खुर्सानी नखाने ? हरेक खानेकुराको फाईदा र बेफाईदा हुन्छ । तपाई खुर्सानी खान सक्नुहुन्छ भन्दैमा धेरै परिणाममा खानु हुदैन् । आवशयकता भन्दा बढी खुर्सानी खाँदा ज्यान तात्ने, तालु तथा आखा पोल्ने र निद लाग्दैन ।

गर्मी हुने मानिसलाई त खुर्सानी विष समान मानिन्छ । खुर्सानीले मुख सुख्खा हुने, मानसिक रुपमा तनाब बढाउने , शौच गर्न गाहो हुने, पेट पोल्नेलगायतका समस्या हुन्छन् । ब्लड प्रेसर, कलेजोको रोग, डाबिटिज, किड्नी र मुटुको रोग छ भने खुर्सानी सेबन गर्दा साबधानी अप्नाउनुपर्छ । पेटको अल्सर भएका, पेटमा संक्रमण, बाथ रोगीले खुर्सानी खानु हुदैन । त्यस्तै ज्वरो आउदा, घाँटी दुख्दा, खोकी लाग्दा खुर्सानी खानुहुन्न ।

प्रतिक्रिया दिनुहोस
रास्वपा उम्मेदवारको गाडीको ठक्करबाट रौतहट बालिकाको मृत्यु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रौतहट २ का उम्मेदवार सगिर आलमको...

ढुक्कैसँग निर्वाचन हुन्छ, कसैले बिथोल्न सक्दैन : आयोग

    कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्तिपूर्ण निर्वाचनको वातावरण बनेको बताएका...

कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...