रवि लामिछानेसहित तीनै जनाको पेशी तोकियो



हाम्रो इकोनोमि

 

आत्महत्या दुरुत्साहन मुद्धामा धरौटीमा छुटेका टिभी कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित ३ जनाको पहिलो पेशी तोकिएको छ । चितवन जिल्ला अदालतले आउँदो असोज ५ गते लामिछाने, पत्रकार युवराज कँडेल र रुकु भनिने नर्स अस्मिता कार्कीका लागि साक्षी तारेख तोकेको हो ।

अदालतले सोमबार लामिछानेसँग ५ लाख, कँडेलसँग ३ लाख धरौटी लिई हिरासतमुक्त गर्न आदेश दिएको हो भने कार्कीलाई साधारण तारेखका मुक्त गर्न आदेश गरेको थियो । अदालतको आदेशपछि यी तीनै जना सोमबार नै हिरासतमुक्त भइसेका छन् ।

गएको साउन २० गते चितवन नारायणगढको एक होटलमा आत्महत्या गरेका पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या दुरुत्साहन गरेको भन्दै उनीहरुविरुद्ध अदालतमा मुद्धा दर्ता भएको थियो । पुडासैनीले आत्महत्या गर्नुअघि लामिछाने, कँडेल र कार्कीका कारण आफू आत्महत्या गर्न बाध्य भएको भिडियो रेकर्ड गरेर छोडेका थिए ।

प्रतिक्रिया दिनुहोस
रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...

इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...