शालिकराम प्रकरणमा रवि लामिछाने मुख्य दोषी भएको किशोर श्रेष्ठको दाबी



हाम्रो इकोनोमि

 

अहिले चर्चामा रहेको पत्रकार शालिकराम पुडासैनी प्रकरणमा चितवन जिल्ला अदालतबाट टेलिभिजन प्रस्तोता रवि लामिछाने रिहा भएसँगै वरिष्ठ पत्रकार किशोर श्रेष्ठले घटनामा रवि नै मुख्य दोषी ठहरिएको बताएका छन् । उनी भन्छन, ‘फरक यति मात्रै हो कि जेलभित्रै बस्ने कि बाहिर बसेर मुद्दा लड्ने ? जहाँ बसे पनि महिनैपिच्छे तारिख धाएर मुद्दा त लडिरहनुपर्ने भयो ।’

न्यूज २४ ले अस्मितालाई दोषी देखाएर आफू चोखिन खोजेकोमा अस्मिता साधारण तारिखमा छुटेको भन्दै पाँच लाख धरौटी तिरेर रवि मुख्य दोषी ठहरिएको उनको बुझाई रहेको छ । पत्रकार किशोरले ३ लाख तिरेर धरौटीमा रिहा भएका पत्रकार युवराज कँडेललाई दोस्रो दोषी मानेका छन् ।

रविको मुद्दा अदालतमा विचाराधीन भएकोले शालिकराम प्रकरणसँग जोडिएका कुनै पनि विषयमा आफ्नो च्यानलबाट केही बोल्न नपाउने बताउँदै जनआस्था र नेपालआजले सार्वजनिक गरेको भिडियो सही सावितभएको अर्को खुलासा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...

इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...