नेत्र विक्रम चन्द विप्लवले गर्यो चितवन बन्द



हाम्रो इकोनोमि

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले चितवन बन्दको घोषणा गरेको छ । विप्लवको चितवन बन्दको जिल्लामा सामान्य प्रभाव परेको बताइको छ। चितवनको राप्ती नगरपालिकामा उक्त दलले बनाएको प्रतीक्षालय प्रहरीले भत्काइदिएको विरोधमा चितवन बन्दको घोषणा गरिएको थियो ।

अनुसन्धानका लागि हिरासतमा रहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि छामिछानेको समर्थनमा सडकमा उत्रिएकाहरुको संख्या बढ्दै गएपछि चितवनकाे भरतपुर आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गर्दै प्रहरीले माइकिङ गरिहेको छ ।

साेमबार (आज) बिहानैदेखि भरतपुरसहित आसपासका क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले बिहान ६ बजेदेखि नै लागू हुने गरी भरतपुर महानगरपालिकाका विभिन्न स्थानमा प्रदर्शन गर्न निषेध गरेको छ। निषेधाज्ञाबारे प्रहरीले बजार विभिन्न क्षेत्रहरुमा माइकिङ गरिरहेको हाे ।

शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका लामिछाने, युवराज कँडेल र रुकु भनिने अस्मिता कार्की विरुद्ध जिल्ला अदालत चितवनमा आइतबार मुद्दा दर्ता भएको थियो । जिल्ला सरकारी वकिल कार्यालय चितवनले उनीहरू तीन जनाविरुद्ध मुद्दा दर्ता गराएको हो ।

जिल्ला अदालत चितवनका श्रेष्तेदार रुद्रमणि गिरीका अनुसार अस्मिता भनिने रुकु भनिे अस्मिता कार्कीको बयान सकिएको छ भने बाँकी दुई जनाको बयान सोमबार (आज) बिहान १० बजेबाट शुरु हुनेछ । उक्त मुद्दाको सुनुवाई आईतबारदेखि जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासमा  भइरहेको छ । उक्त प्रतिक्षालयमा विभिन्न नाराहरू लेखिएका थिए। विप्लवको बन्दको भने समान्य असर परिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...

इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...