राष्ट्रपति–प्रचण्ड भेट, यस्तो छ मुख्य कारण



हाम्रो इकोनोमि

 

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसँग आइतबार भेटवार्ता गरेका छन् । नेकपाका नेताको कार्यविभाजनका विषयमा चासो दिएकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग सरकारको कामका विषयमा पनि कुराकानी भएको शितलनिवास स्रोतले जनाएको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको आइतबारदेखि नै सुरु भएको स्वास्थ्य उपचारका विषयमा पनि कुराकानी भएको बताइएको छ ।

राष्ट्रपति भण्डारीले सतहमा आएको प्रधानमन्त्री ओली र नेता माधवकुमार नेपालबीचको समस्याका बारेमा पनि प्रचण्डसँग चासो राखेकी थिइन् । यसअघि प्रचण्डले नीजि निवास खुमलटारमा नेता नेपालसँग सोही विषयमा कुराकानी गरेका थिए । नेता नेपालले प्रधानमन्त्री ओलीसँग टेलिफोन सम्पर्क गरेरै सहमतिका साथ अघि बढ्ने प्रतिबद्धता पनि गरेका थिए । राष्ट्रपति–प्रचण्डबीच अन्य विविध विषयमा कुराकानी भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...

इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...