रवि लामिछानेसहित ३ जनालाई अदालत लगियो



हाम्रो इकोनोमि

 

पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित ३ जनालाई अदालत लगिएको छ ।

आज बिहान कार्यालय समय सुरु भएको केही समयपछि चितवनको हिरासतमा रहेका रवि लामिछाने, ‘रुकु’ भनिने अस्मिता कार्की र युवराज कँडेललाई प्रहरीले जिल्ला अदालत पुर्‍याएको हो । यी ३ जना विरुद्ध मुद्दा दर्ताका लागि प्रहरीले अनुसन्धानको फाइल भने जिल्ला सरकारी वकिलको कार्यालयलाई सुम्पेको छ ।

जिल्ला न्यायाधिवक्ता यदुनाथ शर्माका अनुसार आइतबार बिहान प्रहरीको अनुसन्धान फाइल आइपुगेको छ । त्यसको थप अध्ययन गर्ने काम भइरहेको उनले बताए । सरकारी वकिलको कार्यालय तीन जनाको बयान र अन्य प्रमाणहको रुजु गर्दै सम्भव भएसम्म आजै मुद्दा दायर गर्ने तयारीमा रहेको शर्माले जानकारी दिए ।

१० दिनको म्याद अदालतबाट दुई पटक गरी पाएको र सो अवधिमा प्रहरीबाट भएको अनुसन्धानको सबै विवरण सरकारी वकिल कार्यालयलाई सुम्पिएको छ । जिल्ला अदालतमा मुद्दा दर्ता हुन सक्ने भएपछि रविका कानुन व्यवसायीहरु समेत चितवन पुगेका छन् ।

लामिछानेसहित पक्राउ परेका विरुद्ध मुलुकी संहिताको आत्महत्याका लागि दुरुत्साहन गरेको आरोपमा मुद्दा दायर हुनेछ । यो अभियोग प्रमाणित भएमा ५ वर्षसम्म कैद वा ५० हजार रुपैयाँसम्म सजाय हुने व्यवस्था छ ।

कार्यक्रम ‘सिधा कुरा जनतासँग’का प्रस्तोता लामिछाने, सोही कार्यक्रममा आवद्ध कँडेल र नर्स कार्की पत्रकार शालिकराम पुडासैनीको आत्महत्यामा दुरुत्साहन गरेको आरोपमा हिरासतमा छन् ।

पत्रकार पुडासैनीको गत साउन २० मा चितवनको नारायणगढ बसपार्कस्थित होटल कंगारुमा शव भेटिएको थियो । उनले आत्महत्याअघि लामिछाने, कँडेल र कार्कीका कारण आफू मर्न बाध्य भएको भिडियो रेकर्ड गरेर छोडेका थिए । भिडियोको फरेन्सिक ल्याव रिपोर्ट आएपछि प्रहरीले साउन ३० गते लामिछाने, कँडेल र कार्कीलाई काठमाडाैँबाट पक्राउ गरि चितवन लगेको थियो ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...