यही ताल हो भने जनताले हामीलाई पनि लखेट्न सक्छन् : अध्यक्ष प्रचण्ड



हाम्रो इकोनोमि

 

पुर्व प्रधानमन्त्री एवं सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी सञ्चालनको कार्यशैलीप्रति चिन्ता व्यक्त गर्नुभएको छ । पार्टीनिकट प्रोग्रेसिभ इन्जिनियरिङ एशोसियसनको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले घुमाउरो शैलीमा प्रधानमन्त्रीसमेत रहनुभएका अर्का अध्यक्ष केपी शर्मा ओलीले एकल निर्णयबाट पार्टी चलाइरहेको आरोप लगाउनु भएको छ ।

उहाँले भन्नुभयो, ‘कम्युनिष्ट पार्टीमा हिजो सामूहिक निर्णय, व्यक्तिगत जिम्मेवारी हुन्थ्यो । आजकालचाहिँ उल्टिएको छ, व्यक्तिगत निर्णय हुन्छ, जिम्मेवारी चाहिँ समूहले लिइदिनुपर्ने अवस्था छ ।’

कम्युनिष्टहरु सत्तामा नपुग्दासम्म समाज र जनताका निम्ति त्याग र बलिदानको कुरा गर्ने तर सत्तामा पुगेपछि सबै कुरा बिर्सिँदै जाने भन्दै आलोचना गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘बुर्जुवाहरुले कम्युनिष्टहरुलाई लडेर कुनै हालतमा हराउन सक्दैनन्, तर कम्युनिष्टहरु जब सत्तामा पुग्छन् उनीहरुलाई पनि बुर्जुवाकरण गरिदिन्छन् । एउटा गोली पनि खर्च नगरी सत्ता पल्टाइदिन्छन् ।’

उहाँले अब पनि चनाखो नहुने र आफूलाई सुधार नगर्ने हो भने जनताले लखेट्ने तर्क गर्नुभयो । उहाँले भन्नुभयो, ‘हिजो राजा महाराजा लखेटेका जनता हुन् ।

कम्युनिष्टहरु पनि राजा महाराजा जस्तो हुन खोजे भने बाँकी राख्दैनन, हामीकहाँ त्यस्तै लक्षण देखिँदैछ ।’ हिजो आफूहरु निकै अनुशासित भएकैले पार्टी एकता गरी यो अवस्थासम्म आइपुगेको भन्दै प्रचण्डले पार्टीभित्र अराजकता र अनुशासनहिनता बढ्दै गएको आरोप लगाउनुभयो ।

प्रतिक्रिया दिनुहोस
केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...

इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...