अध्यक्ष प्रचण्डले भने पार्टीमा अनुशासन भएन, मनलाग्दो बोल्ने



हाम्रो इकोनोमि

 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका नेताहरु अनुशासनमा नरहेको टिप्पणी गरेका छन् । पार्टीमा जसलाई जे मन लाग्यो, त्यही बोल्न थालिएको प्रचण्डको भनाइ छ ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सचिवालय बैठकमा चर्काचर्की भएको भोलिपल्ट प्रचण्डले अनुशासनको विषय उठाएका हुन् ।

शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा प्रचण्डले पार्टीमा जसलाई जे मन लाग्यो, त्यही बोल्न थालिएको बताए । उनले भने, ‘हामी हिजो निकै अनुशासित थियौं र मात्र यहाँ आइपुगेका हौं । आजभोलि अनुशासनबाट गिरेर जसलाई जे मन लाग्यो, त्यही बोलिदिने, समूहको हितलाई बेवास्ता गर्ने भयौं ।’

‘सामूहिक निर्णय, व्यक्तिगत जिम्मेवारी’ उल्टिएर अहिले व्यक्तिगत निर्णय, जिम्मेवारी समूहले लिइदिनुपर्ने अवस्था उत्पन्न भएको उनले बताए । प्रचण्डले यसलाई सच्याउनुपर्नेमा जोड दिए ।

बिहीबार प्रधानमन्त्री ओली सिंगापुर जानुपूर्व बालुवाटारमा पार्टीको सचिवालय बैठक बसेको थियो । उक्त बैठकमा केपी ओली र माधव कुमार नेपालबीच भनाभन भएको थियो । वरिष्ठ नेता नेपालले प्रधानमन्त्रीलाई स्वास्थ्य लाभको कामना गर्दा ओलीले तपाईको शुभकामना चाहिँदैन भनेपछि दुई नेतावीच भनाभन भएको थियो । त्यसअघि नेकपाका केन्द्रीय सदस्यद्वय सूर्य थापा र रामप्रसाद सापकोटावीच सामाजिक सञ्जालमै भनाभन र झगडा भएको थियो ।

 

राजा महाराजाको लक्षण देखियो

नेकपा अध्यक्ष प्रचण्डले नेपालमा पनि कम्युनिस्टहरु सत्तामा पुगेपछि राजा महाराजाको जस्तो लक्षण देखिन थालेको बताए । यसले पूर्वी युरोपमा जस्तो राजा महाराजाविरुद्ध लडेका जनतालेे नै लखेट्ने जस्तो अवस्था आउन सक्ने उनले बताए ।

सोभियत संघ लगायतमा कम्युनिस्ट सत्ता ढल्नुको कारण कोट्याउँदै उनले बुर्जवाहरुले कम्युजिस्टहरुसँग लड्न नसक्ने तर सत्तामा गएपछि विकृत बनाउने र एउटा गोली पनि नचलाई उल्टाइदिने क्षमता राख्ने सुनाए ।  उनले अघि भने, ‘पूर्व युरोपमा विदेशी हस्तक्षेप भएर वा कसैले सशस्त्र संघर्ष गरेर सत्ता उल्टिएको होइन । कम्युनिस्ट नेताहरु नै राजा महाराजा जस्तै हुँदै गएपछि जनताले लखेटेका हुन् ।’

उनले अघि भने, ‘हामी कहाँ पनि यसो हेर्दा लक्षण चाहिँ कताकता त्यस्तै देखिएको छ ।’ यद्यपि त्यस्तो परिघटना दोहोरिन नदिने र निरन्तर जनतामा जाने बैचारिक, राजनीतिक, सांगठनिक र सांस्कृति उपाय के हुन्छन् भनेर आफूहरु बहसमा रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...

इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...