मिर्गौलाको क्षमता बढाउने उपचारका लागि प्रधानमन्त्री सिंगापुर प्रस्थान



हाम्रो इकोनोमि

 

मिर्गौलाको क्षमता बढाउने उपचारका लागि प्रधानमन्त्री केपी शर्मा ओली विहीबार सिंगापुर प्रस्थान गरेका छन् । ओली थाई एयरबाट पत्नी राधिका शाक्य र निजी चिकित्सक सिंहसहित सिंगापुर गएका छन् । ओलीको सबै उपचार नीजि खर्चमै हुने सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीका निजी चिकित्सक डा.दिव्या सिंह शाहले प्रेस नोट मार्फत मिर्गौलाको थप परीक्षण र क्षमता बढाउने उपचारका लागि सिंगापुर प्रस्थान गरिएको जनाएकी छन् ।

मिर्गौलासम्बन्धी एण्टीबडीको मात्रा केही बढी देखिएको र एण्टीबडीलाई शरीरबाट निस्कासन गरी निराकण गर्ने उपाचार विधिका लागि सिंगापुर जानुपरेको उनको प्रेस नोटमा उल्लेख छ ।

गत साउन १८ देखि २७ गतेसम्म सिंगापुरको न्यासनल युनिभर्सिटी अस्पतालमा उपचार गराई ओली फर्किएका थिए । नेपाली चिकित्सकवका साथै त्यहाँका विज्ञहरुको टोलीले मिर्गौलाको थप परीक्षण र क्षमता अभिवृद्धिको लागि उपचार गर्ने सिंहले जनाएकी छन् ।

प्रतिक्रिया दिनुहोस
केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...

इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...