विश्वकै हेण्डसम पुरुष



 

 

बलिउडका सुपरस्टार ऋतिक रोशनको अभिनय मात्र शसक्त छैन, उनको व्यक्ति पनि उत्तिकै आकर्षक छ । त्यसैले उनी भारतमात्र होइन, विश्वभरी नै लोकपि्रय मानिन्छन् । हरेक फिल्ममा उनको अभिनय उत्कृष्ट हुन्छ । फिल्मको पर्दा भन्दा बाहिर समेत उनको शालिन व्यक्तित्वले सबैलाई आकषिर्त गर्छ ।

वर्ष २०१९ ऋतिकका लागि निकै राम्रो भैरहेको छ । हालै मात्र प्रदर्शन भएको उनको नयाँ फिल्म ‘सुपर ३०’ व्यवसायिक रुपमा सफल भयो । उक्त फिल्मको सफलतासँगै चर्चामा आएका ऋतिकका प्रशंसकहरुका लागि अर्को एउटा रमाइलो खबर सार्वजनिक भएको छ ।

ऋतिक रोशनले अगष्ट २०१९ मा ‘टप ५ मस्ट हेण्डसम मेन इन द वल्र्ड’ मा शीर्ष स्थान हासिल गर्न सफ भएका छन् । यसका लागि उनले विश्वका अन्य हेण्डसम पुरुषहरुलाई पछाडि पार्न सफल भएका हुन् ।

आकर्षक व्यक्तित्वका धनी ऋतिकलाई मन पराउनेहरु भारतमात्र छैनन्, भारतभन्दा बाहिर प्रँयः देशहरुमा उनका प्रसंशकहरुको संख्या अत्यधिक छ । उनी उत्कृष्ट अभिनेतामात्र होइनन्, अत्यन्त कुशल डान्सर समेत हुन् ।

फिल्म सुपर ३० मा ऋतिक रोशनलले आनन्द कुमारको चरित्रलाई निकै कुशलतापूर्वक निर्वाह गरेका थिए । रमाइलो कुरा के छ भने उक्त फिल्ममा ऋतिकले एउटा शिक्षकको अति नै साधारण लूकलाई पर्दामा उतारेका थिए, जबकी उनैलाई विश्वकै सबैभन्दा हेण्डसम पुरुषको उपाधि प्रदान गरिएको छ । यहीबाटै अभिनयमा उनको दख्खललाई जाँच्न सकिन्छ ।

सुपर ३० को सफलतापछि ऋतिक आफ्नो आगामी फिल्म ‘वार’ मा एक्सन अवतारमा देखिंदैछन् । फिल्मको फस्ट लूकले नै ऋतिकका प्रशसकहरु जिज्ञासु बनिसकेका छन् । फिल्मको पोस्टर तथा टिजरलाई दर्शकले मन पराइसकेका छन् । उक्त फिल्ममा ऋतिकसंगै टाइगर श्राफ तथा वाणी कपूर पनि महत्वपूर्ण भूमिकामा देखिदैछन्

प्रतिक्रिया दिनुहोस
‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

लेबनानमा शान्ति सेनामाथि भएको आक्रमणको नेपालले गर्‍यो कडा निन्दा

    नेपालले लेबनानमा शान्ति सैनिकमाथि इजरायलबाट हालै भएको आक्रमणको निन्दा गरेको छ

इजरायली सैन्य क्याम्पमा हिजबुल्लाहको ड्रोन हमला, ४ सैनिक मारिए, ६० बढी घाइते

    लेबनानको चरमपन्थी समूह हिजबुल्लाहले मध्य इजरायलको बिन्यामिनानजिकै रहेको एक सैन्य बेसमा

आज टिकाको साइत बिहान ११ः३६ बजे

बडादसैं अर्थात् दुर्गापक्षको मुख्य दिन शनिबार मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको