तपाइको ब्लड ग्रुप के हो मानिसको स्वभाव ब्लडग्रुपबाटै थाहा हुन्छ कुन रगत समूहको कस्तो आनीबानी सहित सबै कुरा एकपटक हेर्नुहोस्



हाम्रो इकोनोमि

 

एक अनुसन्धान अनुसार मानिसहरूको रगत समूह अनुसार उसको चालचलन र आनीबानीबारे थाहा पाउन सकिन्छ । रगत समूह फरक भएमा मानिसको विचार र बानी फरक हुने सम्भावना धेरै हुन सक्छ।

यहाँ रगत समूहसँग सम्बन्धित केही बानीको बारेमा दिइएको छ-

Group O :–  संसारका सबैभन्दा बढी मानिसमा यो रगत समूह पाइन्छ। O- र O+ गरी करिब ४७ प्रतिशत मानिसमा यो रगत समूह रहेको हुन्छ जसमा ४० प्रतिशत जति O+ र ७ प्रतिशत जतिमा O- रहेको हुन्छ।

यो रगत समूहका मानिसहरू नेतृत्व गर्न चाहना राख्ने तथा क्षमता भएका, आफूले सुरु गरेको काम फत्ते गरी छाड्ने, सत्यतामा विश्वास गर्ने, मायालु र आत्म-विश्वासले भरिएका हुन्छन् भने यो रगत समूह भएका मानिसहरूको कमजोरी भनेको डाहा गर्ने बानी र धेरै प्रतिस्पर्धात्मक हुन खोज्ने भएको अनुसन्धानको क्रममा पाइएको थियो ।

Group A :-  यो रगत समूह करिब ४० प्रतिशत मानिसहरूमा हुन्छ जसमा ३४ प्रतिशतमा A+ र ६ प्रतिशतमा A- पाइन्छ। यो रगत समूह भएका मानिसहरू शान्त र सामाजिक खालका, अरू सँग काम गर्न मन पराउने, संवेदनशील र कमजोरीको रूपमा झुक्न नचाहने र आराम गर्न नसक्ने वा नचाहने बानी भएका हुन्छन्।

Group B :-  यो समूहको रगत कम मानिसहरूमा मात्र पाइन्छ जसमा करिब ८ प्रतिशतमा B+ र १ प्रतिशतमा मात्र B- हुन्छ। यो रगत समूह भएका मानिसहरू एकल काँटे, जे पनि एक्लै गर्न चाहने रचनात्मक खुबी भएका झुक्न नसक्ने खुबी भएका हुन्छन् जसले गर्दा कहिले काहीँ काम बिग्रन समेत सक्छ।

Group AB :- यो मानिसमा पाइने सबैभन्दा कम पाइने रगत समूह हो। यो ४ प्रतिशतमा मात्र पाइन्छ जसमा ३ प्रतिशत AB+ र १ प्रतिशतमा AB- पाइन्छ। यो रगत समूह भएका मानिसहरू नरम, नियन्त्रित र ठट्टा रमाइलो गर्ने खालका हुन्छन् तर निर्णय गर्ने क्षमताको कमी हुन्छ।

प्रतिक्रिया दिनुहोस
रास्वपा उम्मेदवारको गाडीको ठक्करबाट रौतहट बालिकाको मृत्यु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रौतहट २ का उम्मेदवार सगिर आलमको...

ढुक्कैसँग निर्वाचन हुन्छ, कसैले बिथोल्न सक्दैन : आयोग

    कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्तिपूर्ण निर्वाचनको वातावरण बनेको बताएका...

कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...