एक वर्षमा २२ जना पुरुषले जन्माए बच्चा



हाम्रो इकोनोमि

 

महिला गर्भवती हुनु र बच्चा जन्माउनु कुनै नयाँ कुरा होइन । तर, अष्ट्रेलियामा भने एक वर्षमा २२ जना पुरुष सुत्केरी भएका छन् । अष्ट्रेलियाको डिपार्टमेन्ट अफ ह्युमन सर्भिसले जारी गरेको तथ्यांक अनुसार गत वर्ष २२ जना पुरुष गर्भवती बने र बच्चासमेत जन्माए ।

अष्ट्रेलियामा त्यसरी बच्चा जन्माउने पुरुषहरु समलिंगी पुरुष रहेको पनि बताइएको छ । तथ्यांक अनुसार पछिल्लो १० वर्षमा यसरी बच्चा जन्माउने ट्रान्सजेन्डर अष्ट्रेलियाली पुरुषको संख्या २ सय २८ रहेको छ । अष्ट्रेलियामा पहिलोपटक सन् २००९ मा पुरुषले बच्चाको जन्म दिएको घटना सार्वज्निक भएको थियो । एजेन्सी

त्यस समय पुरुषले बच्चा जन्माउने विषयलाई लिएर कतिपय मानिसहरु अष्ट्रेलियामा विरोधमा समेत उत्रिएका थिए । जसका कारण बच्चा जन्माउने पुरुषको नाम गोप्य राखिएको थियो । तर अहिले समय बदलिएको छ । मेलबर्न विश्वविद्यालयका एक प्राध्यापक समलिंगी पुरुषको बच्चा जन्माउने हकको पैरवी गर्दै आएका छन् ।

उनका अनुसार अब लैंगिकताको विषयमा समाजले आफ्नो सोच बदल्ने बेला आएको छ । उनी भन्छन्, जो पुरुष आफ्नो जीवनमा यस्तो फैसला लिन्छन् उनीहलाई बच्चा जन्माउनमा कुनै समस्या छैन ।

प्रतिक्रिया दिनुहोस
भूमि नछाडे युद्ध नरोक्ने पुटिनको चेतावनी

    युक्रेनका शीर्ष वार्ताकारले राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सत्तामा रहुन्जेल शान्ति सम्झौताको भागको...

श्रीलंकामा बाढी र पहिरोमा परी कम्तीमा ५६ जनाको मृत्यु

    श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

हङकङको एक हाउजिङमा आगलागी हुँदा ४४ जनाको मृत्यु

    हङकङको ताई पो जिल्लामा रहेको एक हाउजिङ कम्प्लेक्समा आगलागी हुँदा ४४...