एक वर्षमा २२ जना पुरुषले जन्माए बच्चा



हाम्रो इकोनोमि

 

महिला गर्भवती हुनु र बच्चा जन्माउनु कुनै नयाँ कुरा होइन । तर, अष्ट्रेलियामा भने एक वर्षमा २२ जना पुरुष सुत्केरी भएका छन् । अष्ट्रेलियाको डिपार्टमेन्ट अफ ह्युमन सर्भिसले जारी गरेको तथ्यांक अनुसार गत वर्ष २२ जना पुरुष गर्भवती बने र बच्चासमेत जन्माए ।

अष्ट्रेलियामा त्यसरी बच्चा जन्माउने पुरुषहरु समलिंगी पुरुष रहेको पनि बताइएको छ । तथ्यांक अनुसार पछिल्लो १० वर्षमा यसरी बच्चा जन्माउने ट्रान्सजेन्डर अष्ट्रेलियाली पुरुषको संख्या २ सय २८ रहेको छ । अष्ट्रेलियामा पहिलोपटक सन् २००९ मा पुरुषले बच्चाको जन्म दिएको घटना सार्वज्निक भएको थियो । एजेन्सी

त्यस समय पुरुषले बच्चा जन्माउने विषयलाई लिएर कतिपय मानिसहरु अष्ट्रेलियामा विरोधमा समेत उत्रिएका थिए । जसका कारण बच्चा जन्माउने पुरुषको नाम गोप्य राखिएको थियो । तर अहिले समय बदलिएको छ । मेलबर्न विश्वविद्यालयका एक प्राध्यापक समलिंगी पुरुषको बच्चा जन्माउने हकको पैरवी गर्दै आएका छन् ।

उनका अनुसार अब लैंगिकताको विषयमा समाजले आफ्नो सोच बदल्ने बेला आएको छ । उनी भन्छन्, जो पुरुष आफ्नो जीवनमा यस्तो फैसला लिन्छन् उनीहलाई बच्चा जन्माउनमा कुनै समस्या छैन ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...

चीनको १५आौं पञ्चवर्षीय योजनाबाट नेपाल लाभान्वित हुनुपर्छ

    चीन सम्बन्धका विज्ञहरुले चीनको खुलापन र १५आौं पञ्चवर्षीय योजनाबाट नेपालले प्रत्यक्ष...