विवाह अगाडी आफ्नो पार्टनरलाई सोध्नै पर्ने यी ५ प्रश्न, आजै सोध्नुहोस र शंका हटाउनुहोस्



हाम्रो इकोनोमि

 

 

तपाईं कस्तो वातावरणमा हुर्किनु भयो र कस्तो शिक्षा–दिक्षा पाउनु भयो भन्ने कुराले पनि तपाईको भविष्य निर्धारण गर्छ । यही कारण पछि गएर सम्बन्धमा असमझदारी, तनाव, झगडा हुने गर्दछ । यसको मूख्य कारण भनेको अक्सर पैसा हुने गर्दछ ।

यस्तोमा बिवाह अगाडि नै फाइनान्सियल विषयमा खुलेर कुराकानी गर्नु राम्रो हुन्छ । प्रेम विवाह होस् वा मागी विवाह यी दुबैमा यो गर्नु आवश्यक छ । यदि तपाई हुनेवाला जीवनसाथीलाई राम्ररी जान्नु हुन्न वा लामो समयदेखि जान्नु हुन्न भने पैसासँग सम्बन्धित प्रश्न सोध्न असहज हुनसक्छ ।

तर कुरा तपाईको भविष्यसँग जोडिएको हुन्छ । पैसाको विषयमा सानो मुनमुटावले तपाईको सम्बन्धमा ठूलो पर्खाड खडा गर्न सक्छ । यसकारण पैसासँग सम्बन्धित यी पाँच प्रश्न विवाह अगाडि नै आफ्नो हुनेवाला जीवनसाथीसाथीसँग सोध्नुहोस् :

 

प्रश्न १. तपाईको अभिभावकले पैसाको मामलामा बचपनमा कति छुट दिनुभयो ?
आफ्नो हुनेवाला जीवनसाथीसँग उसको घरपरिवारले पैसाको विषयमा कस्तो दृष्टिकोण राख्छन् र बचतलाई कति महत्व दिन्छन् जान्ने कोशिस गर्नुहोस् । ठूलो आम्दानी र खर्चलाई कसरी व्यवस्थापन गर्छन् ?, पैसाको विषयमा उसको परिवारले कुनै ठूलो गल्ती गरेका छन् कि ?, घरको जेष्ठ सदस्यलाई आर्थिक रुपबाट कसरी हेर्छन् ? यो सबै प्रश्नहरुको उत्तर खोज्नुहोस् ताकि तपाईहरु एक–अर्कोले आर्थिक पृष्ठभूमिको बारेमा बुझ्ने मौका मिलोस् ।

प्रश्न २. कर्जा र इच्छाएको व्यवसायमा भविष्य कसरी बनाउने ?
पैसासँग सम्बन्धित धेरै जिम्मेवारी हामी सबैलाई उत्तिकै महत्वपूर्ण हुन्छ । यदि तपाईको परिवारले तपाईलाई पढाउन कर्जा लिनुभएको छ भने त्यो तिर्नु नै पर्दछ । हुनसक्छ अभिभावकले आफ्नो रिटायर्डमेन्टको पैसा खर्च गर्नुभएको छ । यसको अलवा भविष्यमा तपाई जागिर छोडेर कुनै आफूलैी इच्छाएको काम वा पेशा अपनाउन चाहानुहुन्छ भने यस बारेमा पनि विवाह अगाडि नै चर्चा गर्नु अति आवश्यक छ ।

प्रश्न ३. खर्च गर्ने समयमा कति पैसा बाँकी छ भने जाँच गर्नुहुन्छ ?
पैसा खर्च गर्ने बानी श्रीमान–श्रीमतीबीचको झगडाको विउ बन्छ । यसकारण खर्च गर्ने समयमा कति आफूसँग पैसा बाँकी छ वा क्रेडिट कार्डबाट खर्च गर्ने बेलामा कार्ड चेक गर्ने बानी छ कि छैन थाहा पाउनुहोस् । क्रेटिड कार्डबाट मनलाग्दी खर्च गर्दा बैंकमा उधारो वा कर्जा तिर्नुपर्छ । तपाई बचत मात्रै गर्नुहुन्छ वा कतै लगानी पनि गर्नुभएको छ यस विषयमा विवाहभन्दा पहिले नै एक–अर्काको बारेमा जान्ने कोशिस गर्नुहोस् ।

प्रश्न ४. पैसासँग सम्बन्धित भविष्यको योजना के छ ?
घर किन्ने, बच्चा प्लानिङ्, रिटायर्डमेन्ट र आकस्मिक अवस्थाको बारेमा खुलेर कुरा गर्नुहोस् । बिवाहपछि पढ्ने इच्छा छ भने त्यसको विषयमा पनि कुरा गर्नुहोस् । गाडी किन्ने वा सन्तानको शिक्षा–दिक्षाको लागि पैसा बचत गर्नु कनुचाहिँ उसको प्राथमिकतामा पर्छ त्यो पनि जान्ने कोशिस गर्नुहोस् । लगानीको योजनाको बारेमा पनि सोध्न नभुल्नुहोस् ।

प्रश्न ५. बिवाह र हनीमुनको लागि कति खर्च गर्नुहुन्छ ?
आफ्नो हुनेवाला जीवनसाथीलाई तपाई बिवाहमा गरिने खर्चको बारेमा के सोच्नुहुन्छ बताउनुहोस् । यदी आफ्नो बचतको ठूलो रकम यसमा खर्च गर्नुहुन्छ भने यो कुरा भने भन्नुहोस् । बिवाहमा हुने खर्च वा अन्य बिषयमा खुलेर कुरा गर्नुहोस् । यसले बिवाहमा वा बिवाहपछि आउने समस्या समाधान गर्न सहयोग पुग्छ । पैसासँग सम्बन्धित आफ्नो इच्छा आकांक्षा र भविष्यको सपनाको बिषयमा आफ्नो हुनेवाला जीवनसाथीसँग बिवाह अगाडि नै खुलेर कुरा गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस
‘गीता मैत्री मिलन २०८३’ काठमाडौँमा सम्पन्न

  विश्वभर करिब १४ लाखभन्दा बढी साधक तथा सेवीहरूलाई १४ भाषामार्फत श्रीमद्भगवद्गीताको अध्ययन,...

बर्ली (Burly) को बजारमा आक्रामक विस्तार, नयाँ डेजर्ट र पर्सनल कूलर सार्वजनिक

  नेपाली उपभोक्ताको मन जित्न सफल अन्तर्राष्ट्रिय ब्रान्ड बर्ली (Burly) होम एप्लायन्सले यस...

नेपालमा स्मार्ट जीवनशैलीको नयाँ अध्याय, CG Digital को पहल

    चौधरी ग्रुप अन्तर्गत CG Electronics द्वारा सञ्चालित CG Digital ले नेपाली...

ट्रम्प सहभागी रात्री भोजमा गोली चल्यो

    शनिबार भइरहेको एउटा रात्री भोजमा अमेरिकी राष्ट्रपति डोलान्ड ट्रम्पलगायतका सहभागी थिए...