श्रींलकामा रिपोर्टिङ गर्ने ज्यकलिन कसरी बनिन् बलिउड स्टार ? (फोटोफिचर)



हाम्रो इकोनोमि

 

ज्याकलिन फर्नान्डिसको जन्म ११ अगस्ट १९८५ मा बहराइनमा भएको थियो । ज्याकलिनका पूर्वज क्यानडा, मलेशिया र श्रींलकासँग जोडिएका छन् । शुरुवाती करिअरको कुरा गर्नुपर्दा मास कम्युनिकेशनमा ग्रयाजुएशन गरेपछि ज्याकलिनले श्रींलकामा टिभी रिपोर्टरको काम गरेकी थिइन् । उनले रिपोर्टिङ गर्दैगर्दा मोडलिङ इन्डस्ट्रि पनि जोइन गरिन् । त्यसबेला उनी र्याम्प वाकमा सहभागी हुने गर्थिन् ।

ज्याकलिनले २००६ मा मिस श्रींलका यूनिभर्सको ताज जित्न सफल भएकी थिइन् । साथै मिस यूनिभर्स प्रतियोगितामा श्रींलकाबाट प्रतिनिधित्व गरेकी थिइन् । ज्याकलिन २००९ मा मोडलिङको लागि भारत आएकी थिइन् । त्यसक्रममा उनलाई अलादीन फिल्मको लागि प्रस्ताव आयो ।

सुरुमा हिन्दी भाषा बोल्न उनलाई गाह्रो हुन्थ्यो । तर उनले पछि हिन्दी भाषा सिकेकी थिइन् । भाषाको कुरा गर्नुपर्दा उनी इंग्लिस, स्पेनिश, फ्रेन्च र अरबी भाषा बोल्न सक्छिन् । ज्याकलिनले मर्डर २, हाउसफुल २, हाउसफुर ३, रेस २, जुडवा २, बागी २, रेस ३ र किक जस्ता फिल्ममा काम गरेकी छिन् ।  ज्याकलिनको आउन लागेको फिल्म ड्राइभ हो । उक्त फिल्म यही बर्ष (२०१९) मा रिलिज हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

खाडी क्षेत्रमा हजारौं अमेरिकी सैनिक प्रस्थान

    इरानसँग युद्ध अन्त्यका लागि प्रयास भइरहेका समाचार आइरहेका बेला अमेरिकाले खाडी...

इरानले भन्यो : अमेरिकी गठबन्धनलाई बमले स्वागत

    इरानले आफ्ना मित्र देशका लागि हर्मुज जलघाँटीको बाटो खुला गरिएको प्रष्ट...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...