पूर्व श्रीमतीको पीडा भुलाउन, यस्तो खेलौना



 

आफुलाई छोडेर जाने श्रीमतीको पीडा भुलाउन एक व्यक्तिले खेलौना बनाउने कम्पनीलाई यौन खेलौना बनाउन अनुरोध गरेका छन् ।
३५ वर्ष एकसाथ बिताएकी श्रीमतीले चटक्क छाडेर गएपछि विक्षिप्त भएका श्रीमान्ले आफ्नी श्रीमतीजस्तै देखिने यौ’न खेलौना निर्माण गरिदिन अनुरोध गरेका हुन् ।

 

आफूले अति माया गर्ने श्रीमती आफूसँग अलग भएपछि ५० वर्षीय ती पुरुषले अहिले विभिन्न यौ’न खेलौना बनाउने कम्पनीहरूलाई आफ्नी श्रीमतीजस्तै यौ’न खेलौना बनाउन अनुरोध गरेका हुन् ।

 

उनले आफूसँग पूर्वश्रीमतीका प्रशस्त तस्बिर भएका कारण सोहीअनुसार खेलौना बनाउन अनुरोध गरेका छन् । शरीरका अंग जे–जस्तो भए पनि अनुहार र कपालचाहिँ मिल्नुपर्ने उनको आग्रह छ । आफूसँग प्रशस्त पैसा भए पनि कुनै युवतीसँग विवाह गरे उनले आफ्नो सम्पत्तिमा मात्र आँखा लगाउने हुनाले पनि उनले यौ’न खेलौनाको माग गरेको बताएका छन् । पूर्वश्रीमतीको प्रेम भुल्न नसकेका कारण तथा बाँकी समय पनि उनकै साथमा बिताएको अनुभूति गर्न आफूले यो प्रस्ताव राखेको ती पुरुषको तर्क छ ।

बालीमा ‘आँखा’ नलागोस् भनेर खेतमा सन्नी लियोनको पोस्टर

भारतको आन्ध्रप्रदेश राज्यमा एक किसानले आफ्नो बालीमा ‘आँखा’ नलागोस् भनेर सन्नी लियोनको पोस्टर खेतमा टाँगेका छन्। उनले आफ्नो यो तरिकाले काम गरिरहेको दाबी पनि गरेका छन्। आन्ध्रप्रदेशस्थित नेल्लोरे जिलको बन्दा किन्दी पाल्ले गाउँका ४५ वर्षे किसान चेन्चु रेड्डीले आफ्नो खेतमा लियोनको पोस्टर टाँसेका हुन्।

 

‘यस वर्ष दशै एकड जमिनमा मेरो बाली राम्रो भयो। मेरो बालीमा गाउँले र बाटो हिँड्नेहरुको अनावश्यक नजर लाग्ने गरेको थियो। त्यसैले मैले त्यसलाई अन्तै मोड्ने उपाय खोजिरहेको थिएँ। अन्ततः मैले सन्नी लियोनको पोस्टर टाँस्ने निर्णय गरेँ,’ ती किसानको भनाइ हिन्दुस्तान टाइम्सले उधृत गरेको छ। उनले खेतमा बन्दा, काउलीलगायतका तरकारी लगाएका छन्।

 

‘मेरो ईर्ष्या गरेर रुने होइन,’ पोस्टरमा तेलुगु भाषामा लेखिएको छ। ‘यो उपायले काम गरिरहेको छ। अहिले कोही पनि मेरो बालीमा हेर्दैन,’ रेड्डी भन्छन्। आन्ध्र प्रदेशमा ग्रामीण क्षेत्रका अन्धविश्वासग्रस्त किसानले ‘आँखा नलागोस्’ भनेर खेतबारीमा तेलुगु भाषामा ‘बोम्मालु’ भनिने बुख्याँचा राख्ने चलन नौलो होइन।

प्रतिक्रिया दिनुहोस
माइडिया, नेपाली घरहरूका लागि चिसो मौसमको नयाँ परिभाषा

  माइडिया ब्रान्डले नेपाली बजारमा भरपर्दो र गुणस्तरीय चिसो मौसमकोलागी बिभिन्न इलेक्ट्रोनिक्स सामना

हामी अहिले कसैसँग ऋण लिने अवस्थामा छैनौं : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न चीन भ्रमण सफल रहने बताएका छन्

एमालेले भ्रष्टाचारीको संरक्षण गर्दैन : महासचिव पोखरेल

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले सुशासनको मामिलामा एमाले अरु राजनीतिक पार्टीभन्दा

काठमाण्डौमा एमालेको शक्ति प्रदर्शन, एक लाख जनता उतार्ने तयारी

    नेकपा (एमाले) ले आज सडकमा शक्ति प्रदर्शन (जागरणसभा) गर्दैछ । दरबारमार्गमा