बालीमा ‘आँखा’ नलागोस् भनेर खेतमा सन्नी लियोनको पोस्टर



हाम्रो इकोनोमि

 

भारतको आन्ध्रप्रदेश राज्यमा एक किसानले आफ्नो बालीमा ‘आँखा’ नलागोस् भनेर सन्नी लियोनको पोस्टर खेतमा टाँगेका छन्। उनले आफ्नो यो तरिकाले काम गरिरहेको दाबी पनि गरेका छन्। आन्ध्रप्रदेशस्थित नेल्लोरे जिलको बन्दा किन्दी पाल्ले गाउँका ४५ वर्षे किसान चेन्चु रेड्डीले आफ्नो खेतमा लियोनको पोस्टर टाँसेका हुन्।

 

‘यस वर्ष दशै एकड जमिनमा मेरो बाली राम्रो भयो। मेरो बालीमा गाउँले र बाटो हिँड्नेहरुको अनावश्यक नजर लाग्ने गरेको थियो। त्यसैले मैले त्यसलाई अन्तै मोड्ने उपाय खोजिरहेको थिएँ। अन्ततः मैले सन्नी लियोनको पोस्टर टाँस्ने निर्णय गरेँ,’ ती किसानको भनाइ हिन्दुस्तान टाइम्सले उधृत गरेको छ। उनले खेतमा बन्दा, काउलीलगायतका तरकारी लगाएका छन्।

 

‘मेरो ईर्ष्या गरेर रुने होइन,’ पोस्टरमा तेलुगु भाषामा लेखिएको छ। ‘यो उपायले काम गरिरहेको छ। अहिले कोही पनि मेरो बालीमा हेर्दैन,’ रेड्डी भन्छन्। आन्ध्र प्रदेशमा ग्रामीण क्षेत्रका अन्धविश्वासग्रस्त किसानले ‘आँखा नलागोस्’ भनेर खेतबारीमा तेलुगु भाषामा ‘बोम्मालु’ भनिने बुख्याँचा राख्ने चलन नौलो होइन।

प्रतिक्रिया दिनुहोस
मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

भूमि नछाडे युद्ध नरोक्ने पुटिनको चेतावनी

    युक्रेनका शीर्ष वार्ताकारले राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सत्तामा रहुन्जेल शान्ति सम्झौताको भागको...

श्रीलंकामा बाढी र पहिरोमा परी कम्तीमा ५६ जनाको मृत्यु

    श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...