नेपालकी सम्झना राई बनिन् कोरियाको पहिलो प्रहरी अधिकृत



हाम्रो इकोनोमि

कोरियन प्रहरीमा नेपाली मुलुककी एक चेली प्रहरी अधिकृत बनेकी छिन् । दक्षिण कोरियाको प्रहरी अधिकृतको रूपमा पहिलो पटक नेपाली मुलुककी चेली सम्झना राई भर्ती भएकी हुन् ।

नेपालको भोजपुरमा जन्मिएकी २८ वर्षीय सम्झना राई कोरियन युवा सँग विवाह गरी कोरिया पुगेकी थिइन् ।

सन् २०१० मा कोरिया बाट नेपाल भ्रमण आएका कोरियन युवा सँग प्रेममा परेपछी त्यसै वर्ष उनी भिजिट भिसामा कोरिया प्रवेश गरेकी थिइन् । भिजिट भिसामा कोरिया प्रवेश गरेकी उनी प्रवेश सँगै उनका प्रेमी कोरियन युवा सँग लगन गाँठो कसिन् ।

उनले छल्नाम्दो स्थित छुसन विश्वविद्यालयमा प्रहरी प्रशासन सम्बन्धी सङ्कायमा भर्ना भई अध्ययन समेत पुरा गरिन् । २८ वर्षीय राई कोरियन प्रहरीमा जागिर खाने पहिलो नेपाली महिलासमेत हुन् ।

सन् २०१५ मा छुसन विश्वविद्यालयमा अध्ययन पुरा गरेकी उनले यही महिना शारिरिक, स्वास्थ्य र यहाँको प्रशासनसम्बन्धी परिक्षामा एकपछि अर्को उत्तीर्ण गरेकी हुन् ।

परीक्षामा उत्तीर्ण भएसँगै आफ्नो समाचार कोरियन सञ्चारमाध्यममा आएपछि थाहा पाएकी राईले पुलिस अफिसर बन्ने सपना पुरा भएको बताइन् । नेपालमा प्रहरी बन्ने सपना भए पनि उचाईँ, उमेर र झन्झटिलो प्रक्रियाका कारण आफू बञ्चित भएको राईले बताइन् ।

प्रतिक्रिया दिनुहोस
ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...