नेपालकी सम्झना राई बनिन् कोरियाको पहिलो प्रहरी अधिकृत



हाम्रो इकोनोमि

कोरियन प्रहरीमा नेपाली मुलुककी एक चेली प्रहरी अधिकृत बनेकी छिन् । दक्षिण कोरियाको प्रहरी अधिकृतको रूपमा पहिलो पटक नेपाली मुलुककी चेली सम्झना राई भर्ती भएकी हुन् ।

नेपालको भोजपुरमा जन्मिएकी २८ वर्षीय सम्झना राई कोरियन युवा सँग विवाह गरी कोरिया पुगेकी थिइन् ।

सन् २०१० मा कोरिया बाट नेपाल भ्रमण आएका कोरियन युवा सँग प्रेममा परेपछी त्यसै वर्ष उनी भिजिट भिसामा कोरिया प्रवेश गरेकी थिइन् । भिजिट भिसामा कोरिया प्रवेश गरेकी उनी प्रवेश सँगै उनका प्रेमी कोरियन युवा सँग लगन गाँठो कसिन् ।

उनले छल्नाम्दो स्थित छुसन विश्वविद्यालयमा प्रहरी प्रशासन सम्बन्धी सङ्कायमा भर्ना भई अध्ययन समेत पुरा गरिन् । २८ वर्षीय राई कोरियन प्रहरीमा जागिर खाने पहिलो नेपाली महिलासमेत हुन् ।

सन् २०१५ मा छुसन विश्वविद्यालयमा अध्ययन पुरा गरेकी उनले यही महिना शारिरिक, स्वास्थ्य र यहाँको प्रशासनसम्बन्धी परिक्षामा एकपछि अर्को उत्तीर्ण गरेकी हुन् ।

परीक्षामा उत्तीर्ण भएसँगै आफ्नो समाचार कोरियन सञ्चारमाध्यममा आएपछि थाहा पाएकी राईले पुलिस अफिसर बन्ने सपना पुरा भएको बताइन् । नेपालमा प्रहरी बन्ने सपना भए पनि उचाईँ, उमेर र झन्झटिलो प्रक्रियाका कारण आफू बञ्चित भएको राईले बताइन् ।

प्रतिक्रिया दिनुहोस
मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

भूमि नछाडे युद्ध नरोक्ने पुटिनको चेतावनी

    युक्रेनका शीर्ष वार्ताकारले राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सत्तामा रहुन्जेल शान्ति सम्झौताको भागको...

श्रीलंकामा बाढी र पहिरोमा परी कम्तीमा ५६ जनाको मृत्यु

    श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...