विवाहको एक घण्टापछि बच्चा जन्मियो, ८ बजे बिहे ९ बजे छोरीको जन्म



हाम्रो इकोनोमि

 

अमेरिकामा एक मेयरले एक जोडीको बच्चा जन्मनु एकैछिन अघि विवाह गराइदिएका छन् । अमेरिकाको इन्डियाना, साउथ बेन्डका मेयर पेटे बुटिगिगले मेरी र गाबेले बिहान सवा आठ बजे आफ्नो अफिसमा आएर बच्चा जन्मनु अघि विवाह गराइदिन आग्रह गरेको जानकारी दिए । अफिसका अन्य कर्मचारी साक्षीको रुपमा उपस्थित भए भने औंठी तयार नभएकाले एक अर्कालाई रिबन लगाइदिएर विवाह बन्धनमा बाँधिए ।

त्यसपछि मेरीले डाक्टरसँग ९ बजेको समय लिइन् । उनले छोरीलाई जन्म दिएकी छिन् । जेड क्याथरिन जोन्स साउथ ब्रेन्डकी सबैभन्दा नयाँ निवासी भएको मेयर बुटिगिगले आफ्नो फेसबुक पेजमा लेखेका छन् । उनले बालिकाको तस्बिर पोष्ट गर्दै लेखे, ‘मेरो कार्यकालको समाप्तिमा मलाई यो कुरा विशेष याद रहनेछ । नवविवाहित र नयाँ आमा–बुवालाई बधाई । जेड, तिमीलाई यो मायालु संसारमा स्वागत छ ।’

प्रतिक्रिया दिनुहोस
ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

खाडी क्षेत्रमा हजारौं अमेरिकी सैनिक प्रस्थान

    इरानसँग युद्ध अन्त्यका लागि प्रयास भइरहेका समाचार आइरहेका बेला अमेरिकाले खाडी...

इरानले भन्यो : अमेरिकी गठबन्धनलाई बमले स्वागत

    इरानले आफ्ना मित्र देशका लागि हर्मुज जलघाँटीको बाटो खुला गरिएको प्रष्ट...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...