हनीमुनको फोटो सार्वजनिक भएपछि राखी किन मौन ?



हाम्रो इकोनोमि

 

बलिउड अभिनेत्री राखी सावन्तको विवाहको समाचार तस्बिरसहित गत साता आउँदा उनले खन्डन गरेकी थिइन् ।

आफूले एउटा विज्ञापनका लागि बेहुलीका रूपमा मोडलिङ गरेको राखीले बताएकी थिइन् ।

तर, यतिबेला उनी सिन्दूर लगाएर मंगलसूत्र र चुरासहित विवाहित नारीको भेषमा हिँडेको तस्बिर सञ्चारमाध्यमले बाहिर ल्याएका छन् । उनका हनिमुनका केही फोटोसमेत बाहिरिएका छन् ।

हनिमुनको फोटो बाहिर आएपछि राखी चुप भइन् । अन्ततः उनी आफैंले हनिमुनका थुप्रै फोटो इन्टाग्रामबाट सार्वजनिक गरिन् ।

गैरआवासीय भारतीय नागरिक रितेससँग उनले विवाह गरेको चर्चा छ । यसबारे राखीले अझै केही बताएकी छैनन् ।

विवाहको एक घण्टापछि बच्चा

जन्मियो, ८ बजे बिहे ९ बजे छोरीको

जन्म

अमेरिकामा एक मेयरले एक जोडीको बच्चा जन्मनु एकैछिन अघि विवाह गराइदिएका छन् ।

अमेरिकाको इन्डियाना, साउथ बेन्डका मेयर पेटे बुटिगिगले मेरी र गाबेले बिहान सवा आठ बजे आफ्नो अफिसमा आएर बच्चा जन्मनु अघि विवाह गराइदिन आग्रह गरेको जानकारी दिए ।

अफिसका अन्य कर्मचारी साक्षीको रुपमा उपस्थित भए भने औंठी तयार नभएकाले एक अर्कालाई रिबन लगाइदिएर विवाह बन्धनमा बाँधिए ।

त्यसपछि मेरीले डाक्टरसँग ९ बजेको समय लिइन् । उनले छोरीलाई जन्म दिएकी छिन् । जेड क्याथरिन जोन्स साउथ ब्रेन्डकी सबैभन्दा नयाँ निवासी भएको मेयर बुटिगिगले आफ्नो फेसबुक पेजमा लेखेका छन् ।

उनले बालिकाको तस्बिर पोष्ट गर्दै लेखे, ‘मेरो कार्यकालको समाप्तिमा मलाई यो कुरा विशेष याद रहनेछ । नवविवाहित र नयाँ आमा–बुवालाई बधाई । जेड, तिमीलाई यो मायालु संसारमा स्वागत छ ।’

 

प्रतिक्रिया दिनुहोस
अमेरिकामा जन्मिएकै भरमा नागरिकता नपाइने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मका आधारमा प्राप्त हुने नागरिकता (Birthright...

ड्रोन आक्रमणमा परी कुवेतमा एक नेपालीको मृत्यु

    कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु...

इरानमाथि ठूलो हमला गर्ने अमेरिकी चेतावनी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अझै ठूलो सैन्य कारबाही गर्नेबारे विचार...

मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...