हनीमुनको फोटो सार्वजनिक भएपछि राखी किन मौन ?



हाम्रो इकोनोमि

 

बलिउड अभिनेत्री राखी सावन्तको विवाहको समाचार तस्बिरसहित गत साता आउँदा उनले खन्डन गरेकी थिइन् ।

आफूले एउटा विज्ञापनका लागि बेहुलीका रूपमा मोडलिङ गरेको राखीले बताएकी थिइन् ।

तर, यतिबेला उनी सिन्दूर लगाएर मंगलसूत्र र चुरासहित विवाहित नारीको भेषमा हिँडेको तस्बिर सञ्चारमाध्यमले बाहिर ल्याएका छन् । उनका हनिमुनका केही फोटोसमेत बाहिरिएका छन् ।

हनिमुनको फोटो बाहिर आएपछि राखी चुप भइन् । अन्ततः उनी आफैंले हनिमुनका थुप्रै फोटो इन्टाग्रामबाट सार्वजनिक गरिन् ।

गैरआवासीय भारतीय नागरिक रितेससँग उनले विवाह गरेको चर्चा छ । यसबारे राखीले अझै केही बताएकी छैनन् ।

विवाहको एक घण्टापछि बच्चा

जन्मियो, ८ बजे बिहे ९ बजे छोरीको

जन्म

अमेरिकामा एक मेयरले एक जोडीको बच्चा जन्मनु एकैछिन अघि विवाह गराइदिएका छन् ।

अमेरिकाको इन्डियाना, साउथ बेन्डका मेयर पेटे बुटिगिगले मेरी र गाबेले बिहान सवा आठ बजे आफ्नो अफिसमा आएर बच्चा जन्मनु अघि विवाह गराइदिन आग्रह गरेको जानकारी दिए ।

अफिसका अन्य कर्मचारी साक्षीको रुपमा उपस्थित भए भने औंठी तयार नभएकाले एक अर्कालाई रिबन लगाइदिएर विवाह बन्धनमा बाँधिए ।

त्यसपछि मेरीले डाक्टरसँग ९ बजेको समय लिइन् । उनले छोरीलाई जन्म दिएकी छिन् । जेड क्याथरिन जोन्स साउथ ब्रेन्डकी सबैभन्दा नयाँ निवासी भएको मेयर बुटिगिगले आफ्नो फेसबुक पेजमा लेखेका छन् ।

उनले बालिकाको तस्बिर पोष्ट गर्दै लेखे, ‘मेरो कार्यकालको समाप्तिमा मलाई यो कुरा विशेष याद रहनेछ । नवविवाहित र नयाँ आमा–बुवालाई बधाई । जेड, तिमीलाई यो मायालु संसारमा स्वागत छ ।’

 

प्रतिक्रिया दिनुहोस
मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

भूमि नछाडे युद्ध नरोक्ने पुटिनको चेतावनी

    युक्रेनका शीर्ष वार्ताकारले राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सत्तामा रहुन्जेल शान्ति सम्झौताको भागको...

श्रीलंकामा बाढी र पहिरोमा परी कम्तीमा ५६ जनाको मृत्यु

    श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...