मिन्स भएको कति दिन पछि बच्चा बस्छ र मिन्स भएको कति दिनदेखि सम्बन्ध राख्ने ?



 

पाठेघरमा बच्चा बस्न वा गर्भरहन थुप्रै कुराको तालमेल मिल्नुपर्छ। सन्तानको उत्पत्ति प्रमुख रूपमा पुरुषबाट निस्कने शुक्रकीट र स्त्रीमा विकसित भएका डिम्बको मिलनबाट हुन्छ।

 

यौनसम्पर्कका बेला पुरुषको वीर्यस्लखलन हुँदा निस्किएका करोडौं शुक्रकीट मध्ये केही पाठेघरको मुख हुँदै पाठेघर र त्यसपछि डिम्बबाहिनी नलीसम्म पुग्छन्। त्यहाँ परिपक्व भएको डिम्ब – (अण्डा) सँग असंख्य शुक्रकीटमध्ये एकको मात्र मिलन हुन्छ।

 

यसरी मिलन हुने प्रक्रियालाई निषेचन भनिन्छ। यसरी शुक्रकीट र डिम्बको मिलन भएको कोषलाई युग्मज भनिन्छ र यही नै पछि विकसित भएर शिशु वा बच्चा बन्छ। सामान्य रूपमा भन्नुपर्दा गर्भधारण हुनका लागि मुख्य रूपमा निम्न कुराहरू हुनुपर्छ :

१. डिम्ब निष्कासन,
२. यौ नसम्पर्क,
३. वीर्य स्खलन,
४. डिम्ब निषेचन तथा
५. डिम्बरोपण।

 

एउटा महत्त्वपूर्ण बुझ्नुपर्ने कुरा के भने डिम्ब निस्किएको यस्तै १४ दिनमा महिनावारी सुरु हुन्छ । यस्तै २८ दिनको महिनावारी भएको महिलाको १४ औं दिनतिर डिम्ब निस्कने भएकाले यस समयमा सम्भोग गर्दा गर्भ रहने अर्थात् बच्चा बस्ने सम्भावना एकदमै धेरै हुन्छ ।

 

डिम्ब निस्किएको २४ देखि ४८ घण्टासम्म बाँच्छ भनेमहिलाको प्रजनन अङ्गभित्र शुक्रकीटहरू ७२ घण्टा वायोभन्दा केही बढी नै बाच्न सक्छन् । त्यसैले डिम्ब निस्कनु केही अघिको र केही दिनपछिकोसमयलाई गर्भधारणको दृष्टिकोणले असुरक्षितकाल मानिन्छ ।

बढाउने औषधि के के हुन् यसको प्रयोगले केहि असर गर्छ, गर्दैन

जान्नुहोस्

 

सिनामंगल स्थित सडकमा कम चहलपहल थियो । मध्यान्हको घामका कारण मानिसहरु उतिसारो सडकमा थिएनन् । त्यही नजिकै रहेको एउटा औषधि पसलमा एक युवक पसलेसँग जोडतोडले कुरा गरिरहेका थिए ।

‘जे पायो त्यहीं गफ दिने, ८ हजार तिरेको के काम’ उनी जङ्गिए । पसलले आफ्नो कुराम मनाउने प्रयास गरिरहेको थिए । ध्यान त्यतै केन्द्रीत हुन्छ । ति युवकले ८ हजार तिरेर यौन शक्ति बढाउने कफी किनेका रहेछन् । त्यसले काम नगरेपछि पैसा फिर्ता दिन पसलेसँग जोड गर्दै थिए । उक्त कफी पिएमा यौन क्षमता र चाहना दुबै बढ्ने र सोको प्रभाव १५ मिनेटमै देखिने भएपछि कफी खरिद गरेका थिए ।

 

कफीको प्रभावको परीक्षण आफ्नै प्रेमिकालाई गरे तर कुनै असर देखिएन । उनको बुझाइमा प्रेमिका शारीरिक सम्बन्धका लागि तयार भइनन् । योजना सफल नभएपछि उनी पैसा फिर्ता माग्न आएका थिए । पसलेले बढी कुरा गर्ने भन्दै प्रतिवाद गरिरहेका थिए ।

 

साझको सात बजेको थियो । सिरसिरे हावा चलिरहेको थियो । कोटेश्वरको एउटा फार्मेसीमा अन्दाजी १९ वर्षजतिको को एक किशोर ग्राहकले फामेर्सी पसलेसँगं कचकच गरिरहेका थिए । ‘साहुजी १०० एमजीको दिनु न’ उनले पसलेसँग भने ‘भाइ ५० एमजीकोभन्दा दिन मिल्दैन’ साहुजीले उत्तर फर्काए । तर, ति किशोर उक्त वाक्यांस दोहोराइरहेका थिए । फार्मेसीवालाले ५० एमजीकोभन्दा दिन नमिल्ने बताउदै थिए । पछि कुरा बुझ्दा उनले यौन शक्ति वढाउने औषधि ‘भियग्रा’ मागिरहेका रहेछन् । उमेर सानै भएकाले १०० एमजीको दिन नमिल्ने पसलेको भनाइ थियो । किशोरले ५० एमजीकोले काम नगर्ने भन्दै १०० एमजीको मागिरहेका थिए ।

 

सबैभन्दा आनन्द कहाँ ? यस्तो छ डाक्टरको भनाइ

अधिकांश दम्पतीले आफू सुत्ने ओछ्यानमै शारीरिक सम्बन्ध राख्दै आएका हुन्छन् । मानिसको यौन चाहनाको विषयमा विशेषज्ञता हासिल गरेका चिकित्सक डा. शहजाद हार्परका अनुसार जोडीबीच शारीरिक सम्बन्ध राख्ने सबैभन्दा उचित स्थान भान्साकोठा पनि हुनसक्छ ।

भान्साको बनावट एवं त्यहाँ भएका सामग्रीहरू यौनसम्बन्ध राख्न प्रेरित गर्ने किसिमका नभए पनि डाइनिङ चियरमा बसेको पुरुषमाथि महिला बसेर गरिने शारीरिक सम्बन्ध सर्वाधिक आनन्ददायक तथा स्वास्थबर्धक हुने डा. हार्परको दाबी छ ।

यस्तो शारीरिक सम्बन्धले जोडीलाई क्यालोरी बर्न गर्न पनि निकै सहयोग गर्ने डा. हार्पर बताउँछन् । सजिलो र पायक पर्ने हुनाले पनि धेरैका लागि उनीहरूको ओछ्यान नै पहिलो र सुविधाजनक रोजाइ हुन्छ । कसै–कसैले यौनसम्पर्कका लागि बैठक कोठा त कसैले बाथरुमलाई पनि छनौट गर्छन् ।

प्रतिक्रिया दिनुहोस
सुनको मूल्यले नयाँ रेकर्ड, तोलाको १ लाख ६५ हजार

    अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि नेपालमा सुनको मूल्यले लगातार नयाँ रेकर्ड बनाइरहेको

‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

इजरायली सैन्य क्याम्पमा हिजबुल्लाहको ड्रोन हमला, ४ सैनिक मारिए, ६० बढी घाइते

    लेबनानको चरमपन्थी समूह हिजबुल्लाहले मध्य इजरायलको बिन्यामिनानजिकै रहेको एक सैन्य बेसमा

ग्लोबल आइएमई बैंकका ग्राहकलाई बुद्ध एयरको टिकटमा छुट

    ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहक तथा ग्राहकका परिवारका सदस्यहरुले बुद्ध एयरको