भारतीय मिडियाले तोके साम्राज्ञीको रेट, राजपरिवारबाट आएकी अभिनेत्री भन्दै प्रसंशाको ओइरो



हाम्रो इकोनोमि

 

पछिल्लो समय नेपाली कलाकारहरुको चर्चा भारतीय मिडियाहरुलेपनि गर्न थालेका छन् । अनमोल केसी हुँदै सुरु भएको यो क्रम भारतका ठूला मिडियालेपनि निरन्तर चर्चाका खबर बनाइरहेका छन् । यसबीच अहिलेकी चर्चित अनि मंहगी नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहको पनि भारतीय मिडियामा चर्चा हुन थालेको छ ।

केही समय अगाडी भारतको चर्चित मिडिया आजतकले महानायक राजेश हमाललाई अमिताभ बच्चन र सारुख खानसंग तुलना गर्दै समाचार प्रकाशन गरेको थियो भने फेरी पनि सोही मिडियाले साम्राज्ञीको चर्चा गरेको छ । आजतकले साम्राज्ञीलाई शाही खलककी नायिका भन्दै उनको चर्चा गरेको छ । आजतकले लेखेको छ सन् २०१६ मा ड्रीम्सबाट डेब्यु गरेकी साम्राज्ञी अहिले नेपाली सिनेमा क्षेत्रमा हाईएस्ट पेड नायिका बनिसकेकीछिन् ।

मात्र ३ बर्षमा उनको स्टारडम निकै बढिसकेको छ । तर फिल्ममा आफनो करियर बनाउँने यी नायिका वास्तविक जीवनमा राजखलकसंग सम्बन्धित छिन् । प्रिया शांडिल्य लेख्छिन् साम्राज्ञी नेहा राज्यलक्ष्मी शाह र महेश बिक्रम शाहकी छोरी हुन् । रिपोर्ट अनुसार साम्राज्ञीको बंशज राज खलकका हुन् ।

साम्राज्ञीको बंशजलाई त्रिभुवन वीर बिक्रम शाहको नेपालबाट राणा राज्य हटाउने श्रेय दिने साम्राज्ञी पृथ्वी नारायण शाहको बंशज भएको पनि प्रियाले समाचारमा उल्लेख गरेकीछिन् । साम्राज्ञीले पछिल्लो समय एक फिल्मका लागि १६ लाख पारिश्रृमिक लिने गरेको पनि बताईएको छ ।

समाचारमा साम्राज्ञीले आफ्नो पढाईको क्रममा केही समय भारतमा विताएको पनि बताईएको छ । नेपाल इन्स्टीट्यूट अफ म्यानेजमेन्ट एन्ड साइन्सबाट उनले ब्याचलर्स इन सोशियोलोजी गरेकी छन् समाचारमा उल्लेख छ ।

समाचारमा साम्राज्ञीको ड्रीम्स फिल्म हिट भएको तर अभिनयमा भने उनको खासै चर्चा नकमाएको बताईएको छ । जुन सत्य होईन । साम्राज्ञीले उक्त फिल्ममा अनमोल केसीलाई झण्डै ओझेल पारिदिएकी थिईन् । सोही फिल्मपछि साम्राज्ञीलाई फिल्मी क्षेत्रमा लक लागेको थियो ।

प्रतिक्रिया दिनुहोस
इन्टरनेट कनेक्सनको म्याद सकिएका बाढी प्रभावित ग्राहकलाई सुबिसुले थप ७ दिन सेवा दिने

    भोटेकोशीमा आएको भीषण बाढीका कारण इन्टरनेट सेवा प्रभावित भएका ग्राहकलाई सुबिसुले...

अमेरिकामा जन्मिएकै भरमा नागरिकता नपाइने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मका आधारमा प्राप्त हुने नागरिकता (Birthright...

ड्रोन आक्रमणमा परी कुवेतमा एक नेपालीको मृत्यु

    कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु...

इरानमाथि ठूलो हमला गर्ने अमेरिकी चेतावनी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अझै ठूलो सैन्य कारबाही गर्नेबारे विचार...