सरकारी जग्गा हडप्ने मालपोतका ६ कर्मचारी पक्राउ



हाम्रो इकोनोमि

 

नेपाल प्रहरीको अपराध महाशाखाले सरकारी जग्गा व्यक्तिको नाममा पास गर्ने ६ जना मालपोतका कर्मचारी पक्राउ गरेको छ। महाशाखाका अनुसार बाँके र बर्दियाका मालपोत कार्यालयमा काम गर्ने उनीहरुले नक्कली छाप र हस्ताक्षर प्रयोग गरेर करिब १५  बिगाहा सरकारी जमिन व्यक्तिको नाममा गराएका थिए।

 

पक्राउ पर्नेमा बाँकेका मालपोत अधिकृत दीर्घबहादुर पोखरेल, बर्दियाका मालपोत अधिकृत कृष्णप्रसाद ज्ञावाली,  बर्दिया मालपोतकै नासु रविन्द्र थापा,  कार्यालय सहायक सूर्यप्रसाद उपाध्याय, खरिदार ईश्वरकुमार रिजाल र बाँके मालपोतका खरिदार हेमराज शर्मा रहेका छन्।

 

महाशाखाका अनुसार पक्राउ परेका कर्मचारीले बाँकेको सिक्टा सिँचाई आयोजनाको ५ कठ्ठा १६ धुर, हनुमान गौशालाको ५ कठ्ठा १३ धुर र बर्दियास्थित भुरिगाउँको १४ बिगाहा जमिन व्यक्तिको नाममा गराएका थिए। पक्राउ पर्नेहरु केही समयदेखि फरार थिए। जग्गाको अनुसन्धानका क्रममा बाँके प्रहरीले यसअघि २१ जनालाई पक्राउ गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...