दोलखाको जुँगुमा भीषण पहिरो, २ बेपत्ता



हाम्रो इकोनोमि

 

दोलखा गौरीशंकर गाउँपालिका–१ मा गएराती गएको पहिरोमा परी दुई जना बेपत्ता भएका छन् ।

जुँगुखोलामा फसेको वस र त्यसमा सवार करिव २० जना यात्रुहरुको भने सकुसल उद्धार गरिएको छ ।

वेपत्ता हुनेमा गौरीशंकर गाउँपालिका २ निवासि अन्दाजी १८ वर्षिय निशान खड्का र वडा नम्वर २ का करिव ५५ वर्षिय जित खत्री रहेका छन् ।

उनीहरुको खोजी कार्य भैरहेको दोलखा प्रहरीले जनाएको छ । जुँगुखोलामा फसेको बस र त्यसमा रहेका यात्रुहरुको उद्धारका लागि जाने क्रममा माथिबाट आएको पहिरोमा परी उनीहरु बेपत्ता भएको बताईएको छ । पहिरोमा परी अन्य केही सामान्य घाईते भएका छन् ।

घट्ना बारे विस्तृत विवरण आउन बाँकी छ । बस र अन्य यात्रुहरुको भने राती १ बजेको समयमा जेसिविको सहायतामा प्रहरी र स्थानीयको टोलीले उद्धार गरेको घट्नास्थलमा रहेका पत्रकार दिल बहादुर केसिले जानकारी दिए ।

गौरीशंकर गाउँपालिकाकै अफ्लेपु लगाएतका ठाउँमा पनि पहिरोले घरहरुमा क्षति पुर्याएको स्थानीयले जानकारी दिएका छन् ।

स्थानीयका अनुसार त्यहाँ आधा दर्जन घरमा पहिरोले क्षति पुर्याएको छ भने दुई दर्जन पहिरोको जोखिममा छन् ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...