होटलबाट स्याम्पो चोर्ने अभिनेत्री



हाम्रो इकोनोमि

 

बलिउड स्टारको जीवनशैलीको बारेमा जानकारी पाउन चाहाने तथा त्यसबाट प्रभावित हुनेहरुको संख्या ठूलो । तर, यदि तपाईंले मन पराएका सेलिब्रेटीहरुले नै होटलबाट सामान उठाउने गरेका थाहा पाउनु भयो भने तपाईंलाई कस्तो लाग्ला ?

 

तपाईंलाई विश्वास नलाग्ला, तर हालै मात्र एक बलिउड अभिनेत्रीको बारेमा के जानकारी सार्वजनिक भएको छ भने उनी होटलबाट चेकआउट गरेर बाहिरिने क्रममा त्यहाँबाट कुनै न कुनै सामान पनि उठाउँछिन् । ती बलिउड अभिनेत्रीको नाम हो दीपिका पादकोण । दीपिकाको यो गोप्य बानीका बारेमा उनकै नजिककी साथी स्नेहा रामचन्दरले खुलासा गरेकी हुन् ।

 

वास्तवमा प|mेण्डशिप डे भन्दा पहिला स्नेहाले दीपिकाका लागि एउटा सन्देश लेखेर शेयर गरिन्, जसमा दीपिकाका बारेमा धेरै कुराहरु लेखिएका थिए । स्नेहाले उक्त चिट्ठी दीपिका पादुकोणको वेबसाइटमा लेखेकी हुन् । अहिले उक्त चिठी वेबसाइटको होम पेजमा पनि देखिएको छ । हुनसक्छ, स्नेहाले दीपिकाको मजाक उडाउने क्रममा उक्त चिठी लेखेकी हुन् । उनले के लेखेकी छिन् भने दीपिका पादुकोणको होटलबाट स्याम्पूका बोतलहरु संकलन गर्ने बानी छ ।

 

स्नेहाले आफ्ना पत्रमा लेखेकी छिन्-‘के तपाईं त्यस्तो कुनै व्यक्तिलाई चिन्नु हुन्छ, जसको उपस्थिती नै मायाले भरिएको अंगालो तथा तातो कफीको कपको जस्तो होस् ?, जोसँग तपाईं घण्टौं कुराकानी गर्न सक्नु हुन्छ ।’

 

यससँगै उनले आफ्नी नजिकी साथीको बारेमा धेरै कुरा लेखिन् । उनले अगाडि लेखेकी छिन्-‘के तपाईं त्यस्ता व्यक्तिहरुलाई चिन्नु हुन्छ जो चोरी गर्छ, मेरो मतलव जब उनी यात्रा गर्न निस्किन्छिन्, होटलबाट फर्किने क्रममा आफ्नो मनपर्ने स्याम्यूको बोतल संकलन गर्छिन् ?’ मलाई थाहा त तपाईंहरु सबै उनलाई माया गर्नु हुन्छ । म पनि गर्छु । उनी हुन् मेरी प्यारी साथी दीपिका पादुकोण । यो हामी जस्ता साथीहरुका लागि खुशीको दिन हो ।’

 

होटलबाट स्याम्पू संकलन गर्ने आरोप आफ्नै साथीबाट लागे पनि दीपिकाले हालसम्म उक्त कुराको खण्डन गरेकी छैनन् । दीपिका यतिबेला मेघना गुलजारको फिल्म ‘छपाक’ मा व्यस्त छिन् । यसबाहेक उनी यो वर्ष नयाँ फिल्म ‘८३’ (एट्टी थ्रि ) मा देखिने छिन् । छपाक फिल्ममा दीपिकाले एसिड आक्रमणकी पीडित लक्ष्मी अग्रवालको चरित्र निर्वाह गरिरहेकी छिन् । ८३ मा भने उनले भारतीय क्रिकेट टीमका पूर्व कप्तान कपिल देव -रणवीर सिंह) की श्रीमतीको भूमिकामा देखा पर्दैछिन् ।

प्रतिक्रिया दिनुहोस
टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

महाराष्ट्रका उप-मुख्यमन्त्री चढेको विमान दुर्घटना

    भारत महाराष्ट्रको बारामतीमा बुधबार बिहान उपमुख्यमन्त्री अजित पवार सवार निजी चार्टर्ड...

जापानमा संसद् विघटन, फेब्रुअरी ८ मा मध्यावधि चुनाव

    जापानका प्रधानमन्त्री साने ताकाइचीले शुक्रबार संसद्को तल्लो सदन विघटन गर्दै फेब्रुअरी...

गायक प्रशान्त तामाङको निधन

    गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । उनी निकट...