तेलको भाउ घट्यो



हाम्रो इकोनोमि

 

विश्व बजारमा बिहीवार कच्चा तेलको भाउ घटेको छ । अमेरिकी केन्द्रीय बैंकले ब्याजदर घटाएसँगै तेलको भाउ घटेको हो । पछिल्लो ६ दिनमा पहिलोपटक कच्चा तेलको भाउ घटेको हो ।

बिहीवार ब्रेन्ट क्रुडको भाउ अघिल्लो दिनको तुलनामा प्रतिब्यारेल १ डलर ११ सेन्टले घटेर प्रतिब्यारेल ६३ डलर ९४ सेन्टसम्म आइपुगेको थियो । यो समाचार तयार पर्दासम्म साँझको ६ बजे भने प्रतिब्यारेल ७१ सेन्ट कमजोर रहँदै ६४ डलर ३४ सेन्टमा आइपुगेको थियो ।

त्यस्तै यूएस क्रुडको भाउ पनि प्रतिब्यारेल १ डलर ७ सेन्टले कमजोर रहँदै ५७ डलर ५१ सेन्टसम्म आइपुगेको थियो । यो समाचार तयार पर्दासम्म भने प्रतिब्यारेल ८६ सेन्ट घटेर ५७ डलर ७२ सेन्टमा आइपुगेको थियो ।

अहिले पेट्रोलियम पदार्थ निर्यातकर्ता मुलुकको संगठन (ओपेक) तथा उसका सहयोगी मुलुकले तेल उत्पादन कटौती गरेर तेलको भाउलाई टेवा दिने प्रयास गरिरहेका छन् । तर, संगठनभन्दा बाहिरका मुलुकबाट बढिरहेको तेल आपूर्तिको कारण तेलको भाउ घट्नमा सहयोग पुगेको हो ।

साथै बुधवार सार्वजनिक भएको सरकारी तथ्यांकले अमेरिकाको तेल उत्पादन प्रतिदिन १ करोड २२ लाख ब्यारेल पुगेको देखाएको थियो ।

अघिल्लो साता उसको तेल उत्पादन प्रतिदिन १ करोड १३ लाख ब्यारेल थियो । अमेरिका–चीन व्यापारयुद्ध तत्काल समाधान हुने सम्भावना कमजोर देखिएसँगै तेलको भाउ घटेको हो ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...