मालपोत र राजश्वका १४० उच्च कर्मचारी बिरुद्ध अख्तियारको मुद्दा, को को जाने भए जेल



हाम्रो इकोनोमि

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान टोली मालपोत र राजश्व कार्यालयका उच्चपदस्र्थ कर्मचारीको सम्पति देखेर तीनछक परेको छ । यतिबेला अख्तियारले मालदार कार्यालय मालपोत र राजश्वमा कार्यरत उच्च कर्मचारीको सम्पति छानविन गरिरहेको छ । छानविनका क्रममा देखिएको सम्पति हेरेर अख्तियारका अनुसन्धानकर्ता नै हैरानीमा परेका छन् । उनीहरुको सम्पति अस्वभाविक मात्र नभई अत्याधिक अस्वभाविक भएको तथ्य फेला पारेका छन् ।

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झण्डै ९ बर्षअघि सुडान प्रकरणमा नेपालल प्रहरीको उच्च नेतृत्वलाई भ्रष्टाचारमा तानेको थियो । त्यसयता कुनैपनि उच्चतहका कर्मचारी अकुत सम्पतिमा तानिएका छैनन् । सुडानको डार्फर काण्डमा प्रहरीको पोषाक र भत्तामा भ्रष्टाचार गर्ने तीन आइजीपी जेलसमेत पुगेका छन् ।

 

२०६८ साल यता अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कुनै पनि उच्च तहका कर्मचारीमाथी अकुत सम्पतिको मुद्दा चलाएको छैन । ठुला कर्मचारी र राजनीतिक नेता भ्रष्टाचारको छानविनमा नआएपछि अख्तियारको चौतर्फी आलोचना भइरहेको छ । चौतर्फी आलोचना खेपेको अख्तियारले १४० जना मालपोत र राजश्वका सचिव, सहसचिवको सम्पति छानविन गरिरहेको छ ।

 

उनीहरुको सम्पति अध्याधिक अकुत देखेपछि अख्तियारका अनुसन्धान अधिकृतहरु पनि हैरान भएका छन् । एउटै कर्मचारीको नाममा करोडमा नभई अर्वाै सम्पति अकुत देखिएको छ । एउटै ब्यक्तिका नाममा अर्बाै अकुत सम्पति देखेपछि अख्तियारले एकैपटक १४० भन्दा बढी सरकारी कर्मचारीबिरुद्ध मुद्दा चलाउने तयारी गरेको छ ।

 

सरकारी कर्मचारी बिस्तारै छानविनमा आएपनि राजनीतिक नेतृत्व भने अझै छानविनको दायरामा आउन सकेको छैन । सूर्यनाथ उपाध्याय अख्तियारको प्रमुख हुँदा तत्कालिन मन्त्री तथा कांग्रेस नेता खुमबहादुर खड्का, चिरन्जीवी वाग्ले, जेपी गुप्ताबिरुद्ध मुद्दा चलाइएृको थियो । खड्का र जेपी भ्रष्टाचारी ठहर भइसकेका छन् भने वाग्लेको मुद्दा अझै सर्वाेच्चमा रुमलिरहेको छ । यसयता राजनीतिक ब्यक्तिमाथी कुनैपनि भ्रष्टाचारको छानविन हुन सकेको छैन ।

 

अख्तियारले गतबर्ष ३०९ जनाबिरुद्ध मुद्दा चलाएको थियो । यो संख्या हालसम्मकै उच्च रहेको दावी पनि गरेको थियो । तर १० जनाबिरुद्ध मात्र अकुत सम्पतिमा मुद्दा चलाइएको थियो । मुद्दा चलाइएका अधिकाँस तल्लो तहका कर्मचारी थिए । सचिव र सहसचिवसम्मका थोरै मात्र कर्मचारी भ्रष्टाचारको मुद्दा झेलिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...