कस्तो अ’श्लील गीत, के युवतीको घाँटीभन्दा तलका अंग हेरेर मात्र सुन्दरता जाँचिन्छ ?



हाम्रो इकोनोमि

 

पछिल्लो समय नेपाली कला क्षेत्रमा अ’श्लीलता फस्टाउँदै गएको छ । आर्जन पाण्डेले गाएको ‘घाँटीभन्दा तल त राम्री छे’ बोलको गीतले निकै चर्चा पाएको छ । गीत निकै राम्रो भएर भन्दापनि गीतमा प्रयोग भएका शब्दका कारण चर्चित बनेको हो । एक हप्ताअघि युट्युबमा अपलोड भएको यो गीत अहिले ट्रेन्डिङमा छ । तर गीतमा प्रयोग भएका शब्दले महिलाको अपमान भएको भन्दै सामाजिक सञ्जाल तातेको छ ।

 

‘घाँटीभन्दा तल त राम्री नै छे’ यसको मतलब कुनै युवती राम्री हुन घाँटीभन्दा तलका अंग राम्रो हुनुपर्छ । अनुहार र सम्पूर्ण शरीर नै नहेरी कुनै पुरुषले महिलालाई राम्रोको दर्जा भिराइदिन्छ भन्ने आसयका कमेन्ट पोस्ट भएका छन् ।

 

पतिसँग पार्टीमा आएकी कुनै विवाहित महिलालाई एउटा युवकले लास्टै मन पराएको र पट्याइदिने रहर भएको बताउँछ । आर्जन पाण्डेको स्वरमा रहेको यो गीतमा आर्जन पाण्डे, रीमा विश्वकर्मा र पवन गिरीको अभिनय छ ।

 

प्रतीक पौडेलको संगीत, कोविद वज्राचार्यको एरेन्ज, दी झोले प्रोडक्सनको कन्सेप्टमा यो गीतको भिडियो तयार भएको हो । निर्देशन अस्ट्रो झोलेले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति क्षिण हुँदै गएको र...

इन्डोनेसियामा शक्तिशाली भूकम्प

     इन्डोनेसियाको मोलुका टापु नजिकै आज ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ...

पर्सा जिल्ला अदालत पुगेर रवि लामिछानेले तारेख बुझे

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...