कस्तो अ’श्लील गीत, के युवतीको घाँटीभन्दा तलका अंग हेरेर मात्र सुन्दरता जाँचिन्छ ?



हाम्रो इकोनोमि

 

पछिल्लो समय नेपाली कला क्षेत्रमा अ’श्लीलता फस्टाउँदै गएको छ । आर्जन पाण्डेले गाएको ‘घाँटीभन्दा तल त राम्री छे’ बोलको गीतले निकै चर्चा पाएको छ । गीत निकै राम्रो भएर भन्दापनि गीतमा प्रयोग भएका शब्दका कारण चर्चित बनेको हो । एक हप्ताअघि युट्युबमा अपलोड भएको यो गीत अहिले ट्रेन्डिङमा छ । तर गीतमा प्रयोग भएका शब्दले महिलाको अपमान भएको भन्दै सामाजिक सञ्जाल तातेको छ ।

 

‘घाँटीभन्दा तल त राम्री नै छे’ यसको मतलब कुनै युवती राम्री हुन घाँटीभन्दा तलका अंग राम्रो हुनुपर्छ । अनुहार र सम्पूर्ण शरीर नै नहेरी कुनै पुरुषले महिलालाई राम्रोको दर्जा भिराइदिन्छ भन्ने आसयका कमेन्ट पोस्ट भएका छन् ।

 

पतिसँग पार्टीमा आएकी कुनै विवाहित महिलालाई एउटा युवकले लास्टै मन पराएको र पट्याइदिने रहर भएको बताउँछ । आर्जन पाण्डेको स्वरमा रहेको यो गीतमा आर्जन पाण्डे, रीमा विश्वकर्मा र पवन गिरीको अभिनय छ ।

 

प्रतीक पौडेलको संगीत, कोविद वज्राचार्यको एरेन्ज, दी झोले प्रोडक्सनको कन्सेप्टमा यो गीतको भिडियो तयार भएको हो । निर्देशन अस्ट्रो झोलेले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड नबिल बैंकलाई

     नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन...

मिराज ढुंगाना समूहले गर्‍यो ‘संयुक्त जेन-जी’ आन्दोलनको घोषणा

    मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेन-जी’ आन्दोलन घोषणा...

जेनजी फ्रन्टले बनायो सल्लाहकार परिषद्

    रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले सल्लाहकार परिषद् गठन गरेको छ ।...

राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...