निर्दयी आमा जसले मकैबारीमा छोरा जन्माएर फालेर हिडीन् यी आमाले गरिन शिशुको उद्धार हेर्नुहोस् मुटूनै छिया छिया हुने (भिडीयो)



हाम्रो इकोनोमि

बिहान ११ बजेतिर काठमाडौंको गोकर्णेश्वर नगरपालिका-८ को ओसिस पार्टी प्यालेस नजिकैको मकैबारीबाट बच्चा रोइरहेको आवाज आयो। स्थानीय राम कुमारी राइ हेर्न गइन्। उनले मकैबारीको बीचमा सालनालसहितको बालक देखिन्। उन ले तत्काल प्रहरीको १०० नम्बर मा फोन गरेर सबै सुनाइन्।

प्रहरीको गोर्कण बिटबाट सई रामेश्वर खड्कासहितको टोली बालक भेटिएको स्थानमा पुग्यो। प्रहरीले बेवारिशे अवस्थामा फालिएका शिशुको उद्धार गरी अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा लग्यो।अहिले अस्पतालको एनआइसियुमा राखेर शिशुको उपचार भइरहेको छ। डाक्टर सत्यम रिमाल नेतृत्वको टोली शिशुको उपचारमा खटेको छ।अस्पतालले दिएको जानकारीअनुसार शिशुको स्वास्थ्य स्थिर छ।

२ केजी २० ग्राम तौलका ती शिशुलाई मकैबारीमा कसले फाल्यो भन्ने खुल्न सकेको छैन। घटनाबारे सुक्ष्म रूपमा अनुसन्धान अघि बढाएको बौद्ध प्रहरीका डिएसपी नरेन्द्र चन्दले बताए। बुधबार राति कसैले शिशुलाई मकैबारीमा फालेको हुन सक्ने उनको अनुमान छ। हामीले उक्त स्थानमा पुगेर रिपोर्टिंग गरेको छौ भिडियो तल हेर्नुहोला !!

 

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...