प्राइम बैंकसँग सिटिजन्सको ‘अवैध लेनदेन’, यसरी फसिन् सामिन



हाम्रो इकोनोमि

 

सुन फिर्ता नभएपछि सामिन समस्यामा परिन् । त्यसपछि उनले आमाको नाममा नक्कली बैंक खाता सञ्चालन गरी सुनको ब्याज बुझाउन थालिन् ।

सिटिजन्स बैंकको न्युरोड शाखामा सुन जाँचकीका रूपमा कार्यरत थिइन्, सामिन शाक्य । प्राइम बैंकमा कार्यरत अमितराज व्रजाचार्य एक दिन सिटिजन्स पुगे । अमितराज पहिले सिटिजन्समै सुन जाँचकीका रूपमा कार्यरत थिए । उनी प्राइममा गएको केही महिना मात्र भएको थियो । उनले सिटिजन्समा पुगेर ‘आफ्नो बैंकमा अडिट गराउँदा साढे २ किलो सुन कम भएकाले सापटी दिन’ सामिनसँग आग्रह गरे ।

 

‘अडिटका बेला सिटिजन्स र प्राइम बैंकबीच सुन साटासाट हुने गरेको थियो’, सीआईबीसँगको बयानमा सामिनले भनेकी छन्, ‘पुरानै चलन भएका कारण मैले सुन दिएँ । एक हप्तापछि फर्किने भएपछि कुनै प्रमाण कागज बनाइनँ ।’

 

अडिट छल्न र राष्ट्र बैंकलाई गुमराहमा राख्न यी दुई बैंकले पहिलेदेखि यस्तो काम गर्दै आएको खुलेको छ । सामिनले पनि पुरानो स्टाफ मात्र होइन, चिनेकै दाइ अमितले बारम्बार आग्रह गरेपछि ऋणी प्रताप धमलामार्फत २ हजार ५ सय ग्राम सुन दिइन् । एक साताका लागि लिएको सुन फर्किएन । त्यही बेला भूकम्प आयो, भूकम्पपछि न्युरोडको सिटिजन्स बैंक शाखा महाबौद्धमा सारिएको थियो ।

 

भूकम्पका कारण सामिन सुन फिर्तातिर लागिनन् । त्यसको केही समयपछि सुन चाँजकी शाखा मुख्य कार्यालयमा सारिएको थियो । त्यसपछि सामिनले सुन फिर्ता मागिन् । तर, अमितले सुन फिर्ता गरेनन् । सामिनबाट सुन लिने धमला फरार भए ।

 

सामिनले सुनको ब्याज तिरिरहिन्
सुन फिर्ता नभएपछि सामिन समस्यामा परिन् । त्यसपछि उनले आमाको नाममा नक्कली बैंक खाता सञ्चालन गरी सुनको ब्याज बुझाउन थालिन् । त्यही बेला बैंकका कर्मचारी सामिनका बुवा न्हुच्छेराज शाक्यलाई भेट्न घरमा पुगे । ‘तिम्री छोरीले ठूलो गल्ती गरेकी छे, २ करोड रकम देऊ, हामी केस मिलाउँछौं भन्दै बैंकका कर्मचारी आएका थिए’, न्हुच्छेराजले भने । बारम्बार सास्ती पाउन थालेपछि सामिन आफैं सीआईबीमा पुगिन् । तर, उजुरी नपरेका कारण सीआईबीले राख्न अस्वीकार गर्यो । सीआईबीले बैंकलाई पत्राचार गरेपछि मात्र उजुरी परेको थियो ।

 

प्राइमका कम्पनी सचिव सन्तोष बरालले यो विषयमा पत्रिका पढेर थाहा पाएको बताए । ‘हाम्रो स्टाफ र उहाँहरुबीचको सम्बन्ध के थियो, हामीलाई थाहा भएन । पुष्टि हुन सकिरहेको छैन’, उनले भने, ‘उसले पनि होइन भन्छ । बैंकमै काम गरिरहेको छ ।’ अडिटका बेला सुन लेनदेनबारे प्रश्नमा उनले यो विषय मानव संशाधनसँग सम्बन्धित रहेको बताए । मानव संशाधन प्रमुख बन्दना मानन्धरसँग भने सम्पर्क हुन सकेन ।

प्रतिक्रिया दिनुहोस
जनार्दनलाई आफ्नै जिल्लामा कालो झण्डा

    नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेपछि...

निजी क्षेत्रमाथि आक्रमण ठिक होइन : अर्थमन्त्री

    अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रमाथि आक्रमण ठिक नभएको बताएका छन् ।...

युवा संघले ५० हजार भन्दा बढी युवा उतार्ने

  नेकपा एमालेको ११ औँ महाधिवेशनमा युवा संघ नेपालले कम्तीमा ५० हजार युवा...

एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...