ट्राफिक कुट्ने नेपाल आर्मीका उच्च अधिकारीलाई जनताले सडकमै गरे रामधुलाई [भिडियोसहित]



हाम्रो इकोनोमि

 

राजधानी काठमाडौको धरहराबाट दाहनेतर्फको गल्ली हुँदै डल्लु जाने बाटोमा अलिक अनौठो दृष्य देखियो । साँधुरो बाटोमा पानीमा भिज्दै ट्राफिक जाम हटाई रहेका थिए एक ट्राफिक प्रहरी । केही पर नेपाल आर्मीका उच्च तहका अधिकृत आए र बीच बाटोमा नै बाईक छोडेर आफ्नो काममा गए ।

 

त्यहाँ लामो समय सम्म सडक जाम भयो । यात्रु रिसले मुर्मुरिए । ट्राफिक प्रहरी आएर बाईक कसको हो भनेर बारम्बार कराए । बाईकमा ह्याण्डल लक गरिएको थियो । केही स्थानीय र ट्राफिक मिलेर बोकेर हटाउन खोजे । तर सम्भव भएन । ट्राफिकले घर–घर, सटर–सटरमा सोधि सके की बाईक कसको हो ? तर कसैले जवाफ दिएन ।

 

झण्डै ४५ मिनेटपछि ढल्किदै नेपाली सेनाका अधिकृत बाईक तर्फ आए र बाईक चलाएर लिएर जान खोजे । तर त्यो हुर्मत भइसकेपछि ट्राफिक दाईले छोड्ने कुरै भएन । उच्च अधिकारी नै भएपनि ट्राफिक दाईले बाईकको चावी खोसे । रवाफ देखाउदै त को होस् मलाई चिनिस् भन्दै ट्राफिक प्रहरीतर्फ ति सेनाका अधिकारी खनिए ।

 

त्यो देखेपछि सबै स्थानीय जनता नेपाल आर्मीका ती अधिकारीलाई सडकमै रामधुलाई गर्न खोजे । घम्साघम्सी, धकेलाधकेलमा पछि बाईकको चिट काट्ने सहमति जुट्यो तर घटना साम्य भयो । उक्त भिडियोको केही अंश यहाँ हेर्न सक्नुहुँनेछ । 

 

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...