ट्राफिक कुट्ने नेपाल आर्मीका उच्च अधिकारीलाई जनताले सडकमै गरे रामधुलाई [भिडियोसहित]



हाम्रो इकोनोमि

 

राजधानी काठमाडौको धरहराबाट दाहनेतर्फको गल्ली हुँदै डल्लु जाने बाटोमा अलिक अनौठो दृष्य देखियो । साँधुरो बाटोमा पानीमा भिज्दै ट्राफिक जाम हटाई रहेका थिए एक ट्राफिक प्रहरी । केही पर नेपाल आर्मीका उच्च तहका अधिकृत आए र बीच बाटोमा नै बाईक छोडेर आफ्नो काममा गए ।

 

त्यहाँ लामो समय सम्म सडक जाम भयो । यात्रु रिसले मुर्मुरिए । ट्राफिक प्रहरी आएर बाईक कसको हो भनेर बारम्बार कराए । बाईकमा ह्याण्डल लक गरिएको थियो । केही स्थानीय र ट्राफिक मिलेर बोकेर हटाउन खोजे । तर सम्भव भएन । ट्राफिकले घर–घर, सटर–सटरमा सोधि सके की बाईक कसको हो ? तर कसैले जवाफ दिएन ।

 

झण्डै ४५ मिनेटपछि ढल्किदै नेपाली सेनाका अधिकृत बाईक तर्फ आए र बाईक चलाएर लिएर जान खोजे । तर त्यो हुर्मत भइसकेपछि ट्राफिक दाईले छोड्ने कुरै भएन । उच्च अधिकारी नै भएपनि ट्राफिक दाईले बाईकको चावी खोसे । रवाफ देखाउदै त को होस् मलाई चिनिस् भन्दै ट्राफिक प्रहरीतर्फ ति सेनाका अधिकारी खनिए ।

 

त्यो देखेपछि सबै स्थानीय जनता नेपाल आर्मीका ती अधिकारीलाई सडकमै रामधुलाई गर्न खोजे । घम्साघम्सी, धकेलाधकेलमा पछि बाईकको चिट काट्ने सहमति जुट्यो तर घटना साम्य भयो । उक्त भिडियोको केही अंश यहाँ हेर्न सक्नुहुँनेछ । 

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...